विविध प्रश्नोत्तरहरु
१) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ? - पाली भाषा
२) वैष्णव धर्मअनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ? - भगवान विष्णुले लिएको अवतारका आधारमा
३) हिन्दु धर्ममा मुनष्यजीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ? - धर्म, अर्थ, काम, मोक्ष
४) पहिलेदेखि चलिआएको रीतिरिवाज, चालचलन अदिलाई के भनिन्छ ? - प्रथा
५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ? - झुमा प्रथा
६) कुन सताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ? - इशा पूर्व छैठौ सताब्दी (6th century BC)
७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ? - पुरोहित
८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ? - वैदिक सभ्यता
९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के हो ? - कालकुट विष
१०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ? - बौद्धनाथ
११) अत्रि ऋषिकी पत्नी अनुसूया हुन् भने वशिष्ठ ऋषिकी पत्नी को हुन् ? - अरुन्धती
१२) दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन् ? - जयन्ती
१३) वेदव्यासका बाबु र आमाको नाम के हो ? - पराशर ऋषि र मत्स्यगन्धा
१४) महर्षि वेदव्यासलाई अर्को कुन नामले चिनिन्छ ? - द्धैपायन
१५) श्रीमद्भागवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्छ ? - भीष्म पर्व
१६) नागहरुका देवता कसलाई मानिन्छ ? - वासुकी नाग
१७) आषाढ शुक्ल एकादशीलाई हरिहयनी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ? - हरिबोधिनी एकादशी
१८) मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) कहिले पर्छ ? - भाद्र कृष्ण औंसी
१९) महाभारतमा द्रौपदीको सारी खिच्ने व्यक्ति को थिए ? - दुशासन
२०) अश्विनीकुमार देवताका के हुन् ? - वैद्य
२१) आफ्ना वाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण जातिलाई मार्छु भनी सर्पेष्टि यज्ञ गर्ने पौराणिक राजा को हुन् ? - जन्मेजय
२२) धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत भुपात्र जात्रा कुन जिल्लामा मनाइन्छ ? - भक्तपुर
२३) पौराणिक कथाअनुसार द्रौपदी अग्निकुण्डबाट पैदा भएको मानिन्छ भने सीता कहाँबाट पैदा भएको मनिन्छ ? - जमिनबाट
२४) भगवान् विष्णुको वासस्थानलाई बैकुण्ठ भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ ? - कैलाश
२५) रामको बहिनीको नाम के हो ? - शान्ति
२६) अन्धा धृतराष्ट्रलाई महाभारतको युद्धको वर्णन सुनाउने को थिए ? - सञ्जय
२७) रामायणकालमा भारत र श्रीलङ्गा जोड्ने पुलको नाम के थियो ? - आदम पुल
२८) भगवान विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पैतालाको चिन्हलाई के भनिन्छ ? - श्रीवत्स
२९) शेष नागको वासस्थानलाई के भनिन्छ ? - मणिमण्डप
३०) राम र सीताबीच कस्तो विवाह भएको थियो ? - पराक्रम विवाह
३१ - गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा
३२ - “गाईजात्रा”लाई नेपाल भाषामा के भनिन्छ ? सापारू
३३ - इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी
३४ - हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई चिनिन्छ ? गाईजात्रा
३५ - इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल
३६ - नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर (२०६९, लो.से.आ.)
३७ - १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर
३८ - इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल
३९ - ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू
४० - ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ? क) गणेश ख) भैरव ग) कुमारी घ) माथिका सबै
४१ - दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना
४२ - दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र
४३ - “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा
४४ - “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार
४५ - हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी
४६ - छोक्रा नाच कुन समुदायको नाच हो ? थारू
४७ - नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु
४८ - वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू
४९ - “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच
५० - महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति (२०६८, लो.से.आ.)
५१ - चौध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ? नन्दीग्राम
५२ - विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ? सामा चकेवा पर्व
५३ - कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर कहिले चिनिन्छ ? कार्तिक कृष्ण औंशी
५४ - घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ? दार्चुला
५५ - नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ? जानकी मन्दिर जनकपुरधाम
५६ - नेपालका कतिवटा अञ्चल धार्मिक स्थलको नामबाट नामाकरण गरिएका छन ? २ वटा
५७ - हिन्दु संस्कारमा उल्लिखित सोह्र संस्कार अन्तर्गत तलको कुन पर्दैन ? क. बिद्यारम्भ ख.वेदारम्भ ग. गुरु आश्रम गमन घ. उपनयन
५८ - ब्रम्हचर्याश्रम अवस्था कति वर्षसम्मको उमेरमा आवश्यक मानिन्छ ? जन्म देखि २५ वर्षसम्म
५९ - हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ? देवाली
६० - गोवद्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ? श्रृग्वेद
६१ - सामवेदमा कति शाखा छन् ? १०००
६२ - भगवान श्री रामले रावणलाई मारेपछि लंकाका राजा को भए ? विभीषण
६३ - क्षेत्रीयहरूको सम्भार गर्दै हिँड्ने व्यक्ति को हुन् ? परशुराम
६४ - शिवजीलाई त्रिपूरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ? खरारी
६५ - सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद
६६ - सरस्वतीलाई मनपर्ने रग कुन हो ? सेतो
६७ - महादेवका तीन नेत्रलाई के केका प्रतीक मानिन्छ ? अग्नि, सूर्य र चन्द्र (२०७०, लो.से.आ.)
६८ - रावणले रचना गरेको पुस्तकहरू के–के हुन् ? आर्क पक्ष र कुमार तन्त्र
६९ - मञ्जुश्रीका दुई शक्ति वरदा र “मोक्षदा” लाई के को रूप मानिन्छ ? लक्ष्मी र सरस्वती
७० - श्रीमद–भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ? भीष्म
७१ - योगशास्त्रका प्रर्वतक को हुन् ? पतञ्जली
७२ - समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । (लो.से.आ.२०७१)
७३ - रावणले सीता हरण गरेको स्थानको नाम के हो ? पञ्चवटी
७४ - पाँच पाण्डवहरूको पाँच भाइ छोराहरूलाई निदाएको बेलामा हत्या गर्ने पात्र को थिए ? अश्वथामा
७५ - कुवेरको बगैँचालाई के भनिन्छ ? चैत्ररथ
७६ - सीतालाई हरण गरेपछी रावणले सर्वप्रथम कसलाई मारेका थिए ? जटायु
७७ - रावणको बगैचालाई के भनिन्छ ? अशोक वाटिका
७८ - बलराम र श्रीकृष्णबीच कुन सम्बन्ध थियो ? दाजुभाइ
७९ - रावणको ससुराको नाम के थियो ? माल्यवान
८० - शेष नागको अर्को नाम के थियो ? अनन्त
८१ - कुवेरको राजधानी कहाँ हो ? अलकापुर
८२ - आयुर्वेदका प्रर्वतक को हुन् ? धनवन्तरी
८३ - पंचशीलका पॉच सिद्धान्तभित्र तलको कुन विषय पर्दैन ? (२०७२,लो.से.आ.) क) अहस्तक्षेप ख) सुरक्षा ग) अनाक्रमण घ) शान्तिपूर्ण सहअस्तित्व
८४ - धृतराष्ट्रका सय भाइ छोरामध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ? युयुत्सु
८५ - द्रौपदीको भाइको नाम के थियो ? दृष्टधुम्न
८६ - कौरवको कुलगुरुको थिए ? कृपाचार्य
८७ - हनुमानको छोराको नाम के हो ? मकरध्वज
८८ - अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ? शिखण्डी
८९ - उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ? कुवेर
९० - समुन्द्र मन्थन गर्दा निस्कने विषलाई कसले सेवन गरेका थिए ? शिव
९१ - वाल्मीकि ऋषिको वास्तविक नाम के हो ? रत्नाकर
९२ - होम गरिने अन्नलाई के भनिन्छ ? चरू
९३ - राजा रामचन्द्रको मित को थिए ? सुग्रिव
९४ - रामकी बहिनीको नाम के हो ? शान्ती
९५ - पशुपतिनाथका प्रथम पुजारी को हुन् ? स्वामी शेखरानन्द (२०७३, लो.से.आ.)
९६ - रावणले सीता हरेको पञ्चवटी नेपालको कुन ठाउँमा पर्दछ ? गोदावरी
९७ - स्वयम्भूको उत्पत्ति केबाट भएको मानिन्छ ? कमलको फूल
९८ - शैलेश्वरी देवीको मन्दिर नेपालको कुन ठाउँमा पर्दछ ? डोटी
९९ - मुस्लिक धर्ममा जकात भन्ने शब्दले के जनाउँदछ ? दान (२०६९, लो.से.आ.)
१०० - खर र दुषण को हुन् ? रावणको सेनापति
१०१ - धृतराष्ट्रका सारथी को थिए ? सञ्जय
१०२ - महर्षी वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले चिनिन्छ ? पञ्चम वेद
१०३ - न्याय शास्त्रका पिता भनेर कुन ऋषिलाई बुझउँछ ? गौतम ऋषि
१०४ - बैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसी भनिन्छ भने, आषाढ शुक्ल एकादशीलाई कुन नामले चिनिन्छ ? हरिशयनी एकादशी
१०५ - नेपालको सबैभन्दा ठूलो स्तुप कुन हो ? लुम्बिनी स्तुपा
१०६ - सबैभन्दा बढी श्लोक भएको पूराण कुन हो ? स्कन्द पूराण
१०७ - षटकोणलाई के–को प्रतिक मानिन्छ ? सरस्वती
१०८ - ‘बहाई धर्म’ कसले, कहिले,कहाँ शुरुवात गरेका हुन् ? बहउल्लाले १९ औं शताब्दीमा पर्सियामा (२०६८, लो.से.आ.)
१०९ - परशुराम कसका छोरा थिए ? जमदग्नी
११० - वेद कति वटा छन् ? ४ वटा
१११ - उपवेद कति वटा छन् ? चार
११२ - बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ? बारा
११३ - पहिलो राशी मेष हो भने अन्तिम राशी कुन हो ? मीन
११४ - नेपालको सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि संस्थागत रूपमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय संस्था कुन हो ? UNESCO
११५ - अक्षय तृतीया कहिले पर्दछ ? बैशाख शुक्ल तृतीया
११६ - वेद कति वटा छन् ? ४ वटा
११७ - घण्टाकर्ण चतुदर्शी कहिले पर्दछ ? श्रावण कृष्ण चतुर्दर्शी
११८ - ‘छठ’ पर्व कहिले पर्छ ? कार्तिक शुक्ल अष्टमी
११९ - नागहरूका राजा भनेर कुन नागलाई चिनिन्छ ? वासुकी
१२० - सबै धर्मका मानिसलाई खुल्ला रहने “लोटस” मन्दिर कहाँ पर्दछ ? भारत
१२१ - ‘कुमार पष्ठी’ (शिठि नखः) कहिले पर्दछ ? जेष्ठ कृष्ण पष्ठी
१२२ - हरमिका कुन स्मारकको भाग हो ? स्तुप
१२३ - सुमतितन्त्र भनेको के हो ? नेपालमा रहेको प्राचीन ज्योतिषग्रन्थ (२०७०, लो.से.आ.)
१२४ - गठेमंगल कुन तिथिमा पर्छ ? श्रावण कृष्ण चतुर्दशी
१२५ - पाटनमा बटुक भैरवको अभिलेखमा कुन लिच्छवीकालीन राजप्रसादको उल्लेख गरिएको छ ? चाँगुनारायण
१२६ - तलका मध्ये कुन सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गरिएको छैन ? क. बौद्धनाथ मन्दिर ख. स्वयम्भू चैत्य ग. पशुपतिनाथ मन्दिर घ. पनौतिमा रहेको सांकृतिक सम्पदा
१२७ - सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ? मन्दिरै–मन्दिरको सहर
१२८ - विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ? न्यातपोल देवल
१२९ - जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ? २
१३० - धार्मिक रूपले नेपाल कस्तो राज्य हो ? धर्मनिरपेक्ष
१३१ - नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ? २०६३ जेष्ठ ४
१३२ - भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा
१३३ - सत्यवतीलाई के पनि भनिन्छ ? मत्स्यगन्धा
१३४ - वेदमध्ये यजुर्वेदमा कति शाखा छन ? १०१
१३५ - अथर्ववेदमा कति शाखा छन ? ९
१३६ - काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? माथवर सिंह थापा
१३७ - पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ? प्रधानमन्त्री
१३८ - नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ति को हुन् ? पं.नारायण पोखरेल
१३९ - वेदमा रहेका तीन काण्ड मध्ये तलको कुन काण्ड पर्दैन ? क. ज्ञानकाण्ड ख. उपासनाकाण्ड ग. कर्मकाण्ड घ. बालकाण्ड
१४० - शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ? ध्यानाच्यो
१४१ - भारतीय धर्मगुरु साइवावाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ? २०६८ वैशाख ११
१४२ - गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा
१४३ - दक्ष प्रजापतिका १३ वटा कन्यासँग विवाह गर्ने ऋषि को हुन् ? कश्यप
१४४ - धनकी देवी भन्नाले लक्ष्मी, विद्याकी देवी भन्नाले सरस्वतीलाई चिनिन्छ भने भक्तिनी भन्नाले कसलाई चिनिन्छ ? मीरा
१४५ - हनुमानका पुत्र मकरध्वज हुन् भने बालीपुत्र को हुन् ? अंगद
१४६ - कर्ण भन्नाले दानवीर, दधिचि भन्नाले दानी, भीष्म भन्नाले दृढ प्रतिज्ञ भन्ने बुझिन्छ भने एकलव्य भन्नाले के बुझिन्छ ? गुरु भक्त
१४७ - हनुमान भन्नाले काम फत्ते गर्ने, चाणक्य भन्नाले नीतिवान, सुदामा भन्नाले गरिब भन्ने बुझिन्छ भने विभिषण भन्नाले के बुझिन्छ ? कुलद्रोही
१४८ - नारद भन्नाले कुरौटे, दुर्वासा भन्नाले रिसाहा, युधिष्ठिर तथा हरिचन्द्रलाई सत्यवादी भनेर चिनिन्छ भने जनक भन्नाले केलाई चिनिन्छ ? ज्ञानी
१४९ - सत्य, त्रेता, द्वापर, कलियुग क्रमशः कुन–कुन तिथिमा सुरू भएका हुन् ? वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्र कृष्ण त्रयोदशी र पौष आमावश्या
१५० - पाण्डु सहवास गर्न असक्षम भएपछि पाण्डुको स्वीकृतिले कुन्तिले धर्मराजको तर्फबाट युधिष्ठिरलाई जन्म दिएकी थिइन भने भिम, अर्जुन, नहकुल र – सहदेवलाई क्रमशः कस–कसको तर्फबाट जन्म दिएकी थिइन ? वायु, इन्द्र र अश्विनीकुमार
१५१ - ऋतु ६ वटा, करण ७ वटा योग, नक्षत्र २७ वटा, तथा सम्वत्सर ६० वटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति वटा पर्दछन् ? १५ र २
१५२ - अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ? प्रद्युम्न
१५३ - हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ? सुभद्रा
१५४ - आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ? अग्नी
१५५ - त्री मधुमा तलका मध्ये कुन पर्दैन ? क. मह ख. चिनी ग. सख्खर घ. घ्यू
१५६ - श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ? आफ्ना कामदारलाई
१५७ - हिमालयकी पुत्री पार्वती हुन् भने उनकी श्रीमती को हुन् ? मेनका
१५८ - क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ? बीजक
१५९ - “नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्छ ? जानमात्र
१६० - पञ्चमहाभूतमा नपर्ने तलका मध्ये कुन हो ? क. विजुली ख. पृथ्वी ग. आकाश घ. वायु
१६१ - तलका मध्ये नवरसमा नपर्ने कुन हो ? क. वीर ख. सुसुप्त ग. हाँस्य घ. श्रृंगार
१६२ - नवरत्नमा नपर्ने तलका मध्ये कुन हो ? क. नीलम ख.पन्ना ग. मध्यराज घ. गोमेद
१६३ - हिन्दू दर्शनका ६ वटा शास्त्रहरूमध्ये दिइएको शास्त्र र प्रर्वतकको सम्बन्धमा कुन भनाइ ठीक छ ? क. न्याय शास्त्र–गौतम ऋषि ख. सांख्यशास्त्र–कपिल ग. योगशास्त्र–पतञ्जली घ. उल्लिखित सबै ठीक छन्
१६४ - प्रसिद्ध बौद्ध धार्मिक स्थल गोटीहवा कुन जिल्लामा पर्दछ ? कपिलवस्तु
१६५ - महाभारतमा कति श्लोक छन ? १,००,०००
१६६ - बुढा सुब्बाको मन्दिरमा के–को बली दिइन्छ ? सुँगुर
१६७ - गोरखाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ? मगर
१६८ - राम लक्ष्मणले पंचवटीमा बनाएको मन्दिर कहाँ पर्दछ ? गोदावरी नदीको किनारमा
१६९ - गौतम बुद्धको बदनाम गर्न बुद्धकी पत्नी हुँ भनी सार्वजनिक गर्ने महिला को हुन् ? चिचा माणविका
१७० - हरिहर क्षेत्र र आदीप्रयाग भन्नाले नेपालको कुन तीर्थस्थललाई जनाउँछ ? देवघाट
१७१ - नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पूजा कहिले रोकिएको थियो ? वि.सं. २०६५ पुस १७
१७२ - हिन्दू दर्शनका ६ वटा शास्त्रहरू मध्ये ३ वटा शास्त्र र तीनको प्रर्वतकका सम्बन्धमा तलका मध्ये कुन ठीक छ ? क. वैशेसिक शास्त्र–कणाद ख. उत्तर मिमांसा वेदान्त–व्यास ग. पूर्व मिमांशा–जौमिनी घ. उल्लिखित सबै ठीक छन्
१७३ - शैलेश्वरी भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ? डोटी
१७४ - उग्रतारा देवीको मन्दिर नेपालको कुन जिल्लामा रहेको छ ? डडेलधुरा
१७५ - संसारको सबै भन्दा ठूलो धार्मिक ग्रन्थ मानिएको महाभारतको रचना कसले गरेका थिए ? वेदव्यास
१७६ - सितलादेवीको बहान के हो ? गधा
१७७ - जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ? तिर्थङ्कर
१७८ - स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ ? करूणा र ज्ञान (२०६८, लो.से.आ.)
१७९ - श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिइएको हो ? स्कन्द पूराण
१८० - वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ
१८१ - काम देवको वाहन के हो ? सुगा
१८२ - त्रिपिटक महाविहार कहाँ पर्दछ ? तिब्बत
१८३ - भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ? साकेत
१८४ - मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ? केशव
१८५ - विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ अवस्थित छ ? लुम्बिनीमा
१८६ - हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ? श्रीलंका
१८७ - सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ? छिन्नमस्ता
१८८ - धिरधाम दार्जिलिङ्ग, बाजुवराह रोल्पा, धुलेश्वर दैलेख तथा कंकालिमाई बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ? पाल्पा
१८९ - मोदीबेनी पर्वत, पञ्चदेवल कालिकोट, दाउन्नेगढी नवलपरासी तथा गलेश्वर धाम म्याग्दी जिल्लामा पर्दछन् भने बडिमालिका तिर्थस्थल कुन जिल्लामा पर्दछ ? बाजुरा
१९० - पूर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ? हलेसी
१९१ - कलश कुन देवताका प्रतिक मानिन्छ ? बरूण
१९२ - देवताहरूका बैद्य भनेर कसलाई चिनिन्छ ? अस्वीनिकुमार
१९३ - शिख धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिवको प्रथम खण्डलाई के भनिन्छ ? पहला महला
१९४ - द्वारिकापुरिमा स्थापित शारदा मठमा कुन वेदको प्रचार–प्रसार हुन्थ्यो ? सामवेद
१९५ - शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ? फोग्यु
१९६ - मुसलमानहरूको पवित्र तीर्थस्थल “मक्का” कुन देशमा पर्दछ ? साउदी अरब
१९७ - पूराणहरूमध्ये सबैभन्दा कान्छो पूराण वा १८ औं पूराणको नाम के हो ? अग्नि पूराण
१९८ - रामले स्थापना गरेको शिवलिगंलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिवलिगंलाई के भनिन्छ ? अनुमति
१९९ - नेपालको सबभन्दा पूरानो धर्म कुन हो ? शैव (२०६९, लो.से.आ.)
२०० - पाण्डवहरू कुन वंशका थिए ? कुरूवंश
२०१ - अनुलोम र प्रतिलोम केसँग सम्बन्धित छन ? विवाह
२०२ - साउने सक्रान्तिलाई के पनि भनिन्छ ? कर्कट सक्रान्ति
२०३ - शिखहरूको पवित्र पंक्षी कुन हो ? बाज
२०४ - गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ? ऋग्वेद
२०५ - हिन्दु र बौद्ध धर्मका साझ देवता भनेर कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ
२०६ - मुक्तिनाथमा कसको मूर्ति रहेको छ ? विष्णु भगवान
२०७ - कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ? मस्टो
२०८ - जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ? नेपालगंज
२०९ - महादेवको घाँटीमा रहेको नागको नाम के हो ? वासुकी
२१० - अक्षय तृतीया कहिले पर्छ ? वैशाख शुक्ल तृतीया
२११ - हिन्दु धर्म अनुसार दश दान कर्म कहिले सम्पन्न गरिन्छ ? मर्ने बेलामा
२१२ - नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ? आर्यवल्लभ
२१३ - पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ? करिव ६४२ हेक्टर
२१४ - मुसलमानहरूले महिनाभरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ? रोजा
२१५ - चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद
२१६ - इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट वनेको थियो जुन बज्रले बृत्तासुरलाई मारेका थिए ? दधिचि
२१७ - दुर्गा सप्तशती चण्डी कुन पूराणबाट लिएको हो ? मार्कण्डेय पूराण
२१८ - समुन्द्र मन्थन गर्दा निस्किएकी परी रम्भा हुन् भने बिष कुन हो जसलाई भगवान शिवजीले सेवन गरेका थिए ? कालकुट
२१९ - रामायणको कुन काण्डमा श्रीरामको जन्म भएको उल्लेख छ ? बाल काण्ड
२२० - भगिरथ भन्नाले केलाई चिनिन्छ ? परिश्रमी
२२१ - ढुण्डिराज कुन देवताको उपनाम हो ? गणेश
२२२ - भगवान श्रीकृष्णले कंशलाई मारेपछि मथुराका राजा को भएका हुन् ? उग्रसेन
२२३ - रत्नाकर अर्थात महर्षि बाल्मिकीद्वारा लिखित रामायणमा कति काण्ड छन ? ७
२२४ - आफ्ना पितालाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जाति कै बिनास गर्छु भनेर सर्पेष्टि यज्ञ गर्ने व्यक्ति को हुन् ? जन्मेजय
२२५ - धृतराष्ट्र तथा पाण्डुका पिता को हुन् ? विचित्रबिर्य
२२६ - लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ? अश्विनीकुमार
२२७ - द्वैपायन भनेर चिनिने महर्षी वेदव्यासकी श्रीमती को थिइन् ? पिगंला (बेश्या)
२२८ - पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ? दुशासन
२२९ - पूराणहरू १८ वटा छन् भने, उपपूराण कतिवटा छन् ? १८
२३० - विद्याकी देवी सरस्वतीलाई सेतो रंग मन पर्दछ भने शनीलाई कस्तो रंग मन पर्दछ ? कालो
२३१ - रामचन्द्रले १४ वर्षसम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ? चित्रकुट
२३२ - स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ? थाईल्याण्ड
२३३ - रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ? खर र दुषण
२३४ - युधिष्ठिरका तर्फबाट द्रौपदीले प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ? क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन
२३५ - अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ? परिक्षित
२३६ - गुप्तवासमा बस्दा युधिष्ठिर कंक तथा द्रौपदी सैरिन्द्री भएर भेष बदलेका थिए भने भिम, अर्जुन, नहकुल, सहदेवले क्रमशः कुन नामले भेष बदलेका थिए ? क्रमशः बल्लभ, बृहन्नला, अरिष्ठनेमी (ग्रन्थिक) र तन्त्रिपाल
२३७ - कुम्भकर्णका छोराहरू को–को हुन् ? कुम्भ र निकुम्भ
२३८ - भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने नाट्यावस्थालाई के भनिन्छ ? नटराज
२३९ - त्री दुःख भित्र तलका मध्ये कुन पर्छ ? क. आदिभौतिक ख आदिदैविक ग. आध्यात्मिक घ. उल्लिखित सबै पर्छन
२४० - रामायणका अनुसार रावणले सीता हरण गरेर लगेको स्थान कुन हो ? पञ्चवटी
२४१ - अर्थव वेदमा उल्लेख भए अनुसार इन्द्रको धनु कसले बनाएका हुन् ? अनु
२४२ - कृष्णका गुरु सान्दिपनी हुन् भने कौरवका कुल गुरु को हुन् ? कृपाचार्य
२४३ - भीष्म पितामहको अर्को नाम के हो ? देवब्रत तथा गाँगेय
२४४ - भिमकी श्रीमती हिडिम्बा हुन् भने हिडिम्बाका पुत्र को हुन् ? घटोत्चक
२४५ - पाण्डवहरूका पाँचभाई पुत्रहरू निदाएको बेलामा हत्या गर्ने पात्र को हुन् ? अश्वस्थामा
२४६ - सीता हरण गरेपछि रावणले सर्वप्रथम केलाई मारेका थिए ? जटायु
२४७ - भिमसेनका नाति को हुन् ? पर्वरिक
२४८ - राजा जरासन्धलाई खुट्टा फट्याएर मार्ने व्यक्ति को हुन् ? भिमसेन
२४९ - वसुदेव श्रीकृष्णका पिता हुन् भने बलराम को हुन् ? दाजु
२५० - इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी
२५१ - वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ? २५,५०, ७५ र सो भन्दा माथि
२५२ - हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्दछ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ? धर्म, अर्थ, काम र मोक्ष
२५३ - वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ? ४ वर्ण ३६ जात
२५४ - हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ? वेद
२५५ - हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ? बैद्धिक धर्म
२५६ - कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ? कार्तिक शुक्ल अष्टमी
२५७ - आर्यहरूले सर्वप्रथम रचना गरेको वेद ऋग्वेद हो भने, ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ? सरस्वती
२५८ - भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ? बैदेही
२५९ - राम र सीता बीच कुन विवाह भएको थियो ? पराक्रम विवाह
२६० - पूराण र उपपूराण १८/ १८ वटा छन् भने, उपनिषद कति वटा छन ? १०८
२६१ - जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ? तीर्थाङ्कर
२६२ - महाविर जैन कति औं तीर्थाङ्कर हुन् ? चौबिसौं
२६३ - इसाई धर्मका प्रवर्तक इसा मसिह हुन् भने उनले कहाँ बसेर आफ्नो उपदेश सुनाएका थिए ? इजरायलको जेरूसेलम
२६४ - यहुदी धर्मावलम्वीहरूलाई कुन जातीय नामले पुकारिन्छ ? हिब्रु
२६५ - यहुदी धर्मको धर्मग्रन्थ लेख्ने व्यक्ति को हुन् ? हजरत मुसा
२६६ - कन्फ्युसियस धर्म र ताओधर्म चीनमा उत्पत्ति भएका हुन्, भने शिन्तो धर्म कहाँ उत्पत्ति भएको हो ? जापान
२६७ - एउटै मात्र भगवान मान्ने मुस्लिमहरू (ईश्लामहरू) ले केलाई देवताको बोली मान्छन् ? कुरान
२६८ - गौरीशंकर हिमाललाई के को प्रतिक मानिन्छ ? शिव पार्वती
२६९ - पञ्च देवमा पर्ने पाँच देवताहरू मध्ये गणेश र सूर्य दुई देवता हुन् भने यसभित्र नपर्ने देवता तलका मध्ये कुन हो ? क. पृथ्वी ख.देवी ग. विष्ण घ. शिव
२७० - पञ्च वायुभित्र पर्ने वायु मध्ये समान र व्यान दुई वायु हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ? क. उदान ख. अपान ग. प्राण घ. उल्लिखित सबै पर्छन्
२७१ - जैन धर्मको धार्मिक ग्रन्थ वचानामृत हो भने यहुदी धर्मको के हो ? कैवाला
२७२ - नेवार समुदायमा कन्याको मासिक धर्म सुरू हुनु अगाडि नै बेलसँग गरिने विवाहलाई के भनिन्छ ? इहि विवाह
२७३ - बैशाख महिनाका देवता मधुसुदन, भाद्र्रमहिनाका ऋषिकेश हुन् भने कार्तिक महिनाका देवता को हुन् ? दामोदर
२७४ - बिष्णुका १० अवतार मध्ये प्रथम मत्स्य हो भने दशौं कुन हो ? कल्की
२७५ - सबै भन्दा ठूलो पूराण स्कन्द पूराण ८१०००) श्लोक हो भने सबै भन्दा सानो पूराण कुन हो ? अग्नि पूराण
२७६ - कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो ? बेल र रूद्राक्ष
२७७ - शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोशेरो हो भने शनिको बहान के हो ? गिद्ध
२७८ - त्रिकुटमा के के पर्दछन् ? पिपला, सुठो र मरिच
२७९ - पाथिभरा तिर्थस्थल कहाँ पर्दछ ? ताप्लेजुङ
२८० - महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबै भन्दा शक्तिशाली हतियार कुन हो ? पशुपताश्त्र
२८१ - कुन दिनबाट उत्तरायण शुरू हुन्छ ? माघे संक्रान्ति
२८२ - सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन ? बैशाख १
२८३ - भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ ? कुसे औंसी
२८४ - नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ ? लक्ष्मी
२८५ - हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ ? यमराज
२८६ - वेद ४ वटा छन् भने उपवेद कति वटा छन् ? ४ (२०७२, लो.से.आ.)
२८७ - शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ ? विष्णु
२८८ - युगको आवश्यकता अनुसार बिष्णु भगवानको विभिन्न अवतारमा पृथ्वीमा अवतरण हुन्छ भनी कुन धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ ? वेद
२८९ - हिन्दु धर्मावलम्वीहरू हरिहर, पाशुपत, शैव र बैष्णव गरी चार सम्प्रदायमा बिभक्त छन् भने बौद्ध धर्मालम्वीहरू कति सम्प्रदायमा बिभक्त छन ? तीन
२९० - नेपालमा बौद्धमार्गी कुन कुलकी पुत्रीलाई कुमारी बनाई हिन्दु एवं बौद्धमार्गी दुवैले पुजा गरी टिका ग्रहण गर्ने चलन छ ? शाक्य
२९१ - बैष्णव र शैवको मिश्रण बिष्णु र महादेवको एक रूप कुन धार्मिक सम्प्रदायको साक्षत रूप हो ? हरिहर सम्प्रदाय
२९२ - नेपालको धार्मिक इतिहासमा धार्मिक सहिष्णुता र सह–अस्तित्वको विजारोपण कुन कालमा भएको पाइन्छ ? लिच्छवी काल
२९३ - बौद्ध, शैव र बैष्णव समुदायले आ–आफ्नो इष्ट देवता मानी कुन देवताको पुजा गर्दछन ? मछिन्द्रनाथ
२९४ - बिष्णुको धनुलाई सारङ्ग र चक्रलाई शुदर्शन भनिन्छ भने गधालाई के भनिन्छ ? कौमुदकी
२९५ - विवाह पूर्व कुन्तिले कोसँग संसर्ग गरी कर्णलाई जन्म दिएकी थिइन ? सूर्य
२९६ - श्रीकृष्णको शंखलाई पाञ्चजन्य, अर्जुनको शंखलाई देवदत्त भनिन्छ भने, युधिष्ठिरको शंखलाई के भनिन्छ ? अनन्त विजय
२९७ - बिष्णुको खड्गलाई नन्दक, रामको धनुलाई अजगव भनिएझै अर्जुनको धनुलाई के भनिन्छ ? गाण्डीव
२९८ - छठ पर्व कहिले मनाइन्छ ? बैशाख शुक्ल षष्ठी
२९९ - बाला चतुर्दशी मार्ग शुक्ल चतुर्दशीमा पर्दछ भने, विवाह पंचमी कहिले पर्दछ ? मंसिर वा मार्ग शुक्ल पंचमी
३०० - धान्य पूर्णिमा मार्ग शुक्ल पूर्णिमामा पर्दछ भने श्रीपंचमी वा वसन्त पंचमी वा सरस्वती पूजा कहिले पर्दछ ? माघ शुक्ल पंचमी
३०१ - फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ भने महाशिवरात्री कहिले पर्दछ ? फाल्गुण कृष्ण चतुर्दशी
३०२ - महाभारतमा कतिवटा पर्वहरू छन् ? १८
३०३ - महाभारतको पहिलो पर्व आदिपर्व हो भने अन्तिम पर्व कुन हो ? स्वर्गारोहण पर्व
३०४ - गिता महाभारतको कुन पर्वबाट झिकिएको हो ? भिष्म पर्व
३०५ - १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए ? युयुत्सु
३०६ - शिवको धनुलाई के भनिन्थ्यो ? पिनाक
३०७ - इस्लाम धर्मग्रन्थको नाम के हो ? कुरान (२०७०, लो.से.आ.)
३०८ - हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव विष्णुको चक्रलाई शुदर्शन नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो ? विजय
३०९ - रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो ? अजगव
३१० - औषधी बिज्ञानको उत्पत्ति आयुर्वेदबाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो ? सामवेद
३११ - पञ्च तरूभित्र पर्ने दुई वृक्ष मन्दार र पारीजात हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ? क. हरिचन्दन ख. कल्पवृक्ष ग. साल घ. वेल
३१२ - अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ ? भक्तपुर
३१३ - ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ? क) गणेश ख) भैरव ग) कुमारी घ) माथिका सबै
३१४ - स्वर्गका राजा इन्द्रकी आमाको नाम के हो ? बसुन्धारा
३१५ - हिन्दू मिथकका अनुसार अर्जुनका छोराको नाम के थियो ? अभिमन्यु
३१६ - हिन्दु शास्त्रका अनुसार व्रम्हाण्डका सृष्टिकर्ता को हुन् ? व्रम्हा
३१७ - हराएको सामान भेटाई दिने विश्वास गरिएको चपट गणेशको मूर्ति कहाँ छ ? पाटन
३१८ - दिकी छ्योलिङ गुम्बा कुन जिल्लामा पर्दछ ? ताप्लेजुङ
३१९ - भगवान् बुद्धको आशिष पाएको चरा कुन हो ? सारस
३२० - ललितपुरको कुम्भेश्वर (मन्दिर),उन्मत भैरवको स्थापना, गोरखनाथ र गोकर्णेश्वरको पूजाको प्रचलन कसले गरेका थिए ? जयस्थिति मल्ल
३२१ - चाँगुनारायणको वि.सं. ५२१ को अभिलेखमा कसको वर्णन गरिएको छ ? मानदेव दिग्विजय
३२२ - ग्वालेक केदारधाम कहाँ पर्छ ? बैतडी
३२३ - नेपालमा बुद्ध जयन्ती कहिलेदेखि मनाउन थालिएको हो ? वि.सं. २००७ पछि
३२४ - काठमाडौँमा रहेको भद्रकाली देवीको मन्दिर भएको स्थान अथवा भद्रकाली स्थलको अर्को नाम के हो ? जज्जापीठ
३२५ - काठमाडौँको टेवहालमा रहेको संकटा भनेर चिनिने कुन देवताको मन्दिर हो ? पदमान्तक देवताको
३२६ - महाभारतको कुन पर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ? वन पर्व
३२७ - प्राचीनकालमा स्वयंभूनाथलाई के भनिन्थ्यो ? युयान
३२८ - आधिकारिक रूपमा बुद्धको जन्मस्थल कहिले पत्ता लागेको हो ? १८९५ डिसेम्बर १
३२९ - श्रावण शुक्लपञ्चमीलाई के भनेर चिनिन्छ ? नागपञ्चमी
३३० - भगवान सम्बन्धी अध्ययनलाई के भनिन्छ ? Theology
३३१ - द्वापर युगका चक्रवर्ती राजा युधिष्ठिर हुन् भने कलियुगका चक्रवर्ती राजा को हुन् ? भोजराज
३३२ - भगवान् विष्णुले पहिरने मालालाई के भनिन्छ ? वैजयन्ती
३३३ - भगवान गौतम बुद्धको मृत्यु पश्चात बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? मूल सर्वास्तिविनय
३३४ - गौतम बुद्धलाई बुद्धत्व प्राप्त गर्छ भनेर ठोकुवा गर्ने व्यक्ति को हुन् ? कौडिन्य
३३५ - मच्छिन्द्रनाथलाई कसको पालामा काठमाडौँ उपत्यका ल्याइएको हो ? नरेन्द्रदेव
३३६ - इतिहासमा व्यक्त, भए अनुसार मच्छिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो ? कामरूप कामाक्षाबाट
३३७ - लिच्छवीकालमा जनतालाई कति भागमा विभक्त गरिएको थियो ? दुई भागमा (पौर र जानपाद)
३३८ - सीता भन्नाले पवित्र बुझिन्छ भने मिरा भन्नाले के बुझिन्छ ? भक्तिनी
३३९ - अध्यात्मिक नेता साईबाबाको वास्तविक नाम के हो ? सत्यनारायण राजु
३४० - “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा
३४१ - रोमनका युद्धका देवता भनेर कसलाई मानिन्छ ? मार्स
३४२ - अन्तर्राष्ट्रिय श्रम सँगठनको महासन्धि नं १६९ केसँग सम्बन्धित छ ? आदिवासी जनजाति
३४३ - जानकी नवमी भन्नाले कुन तिथिलाई जनाउँछ ? वैशाख शुक्ल नवमी
३४४ - नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ? २०४९ भाद्र ४
३४५ - “प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन ।” यो भनाई कसको हो ? सत्य साइ बाबा
३४६ - राजनीतिक मनोकाङ्क्षा समेत पूरा गरिदिने देवीका रूपमा चिनिने छिन्नमस्ता देवीको मन्दिर कहाँ पर्छ ? सप्तरी
३४७ - हिन्दु धर्म अनुसार काजक्रिया गर्दा १३ दिनमात्र गरे पुग्ने गरी इस्तिहार जारी गर्ने राणा प्रधानमन्त्री को हुन् ? जुद्धशमशेर
३४८ - गौतम बुद्ध जन्मनासाथ नुहाइएको पोखरीलाई के भनिन्छ ? पुष्करिणी तीर्थ
३४९ - महादेवका तीन नेत्रका प्रतीक के–केलाई मानिन्छ ? अग्नी, सूर्य, चन्द्र (२०७०, लो.से.आ.)
३५० - नेपालको एक मात्र जैन मन्दिर कहाँ रहेको छ ? काठमाडौंको ज्ञानेश्वरमा
३५१ - तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ? सन् १९५९ देखि
३५२ - बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ? ५ वटा
३५३ - गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ? ५ दिन
३५४ - आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ? मछिन्द्रनाथ
३५५ - नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ? २०६८ फागुन १३ नेपालको पहिलो
३५६ - बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ? भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर
३५७ - मान्म पन्चदेवल कहाँ पर्छ ? कालिकोट
३५८ - पाँच योगको समागम हुँदाका बखत पर्ने दिपंखा यात्राका लागि सौरमासको सक्रान्ति, चन्द्रमासको पूर्णिमाको अतिरिक्त अर्को के हुनुपर्छ ?क) रेवती नक्षत्र ख) हर्षण योग ग) आदित्यवार घ) माथिका सबै
३५९ - बौद्ध धर्मसँग सम्बन्धित पुस्तक त्रिपिटकभित्र तलको कुन पर्दछ ? (२०७१, लो.से.आ.) क) विनयपिटक ख) शक्ति पिटक ग) अभिधम्म पिटक घ) माथिका सबै
३६० - नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ? शैलपुत्री
३६१ - पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ? स्कन्ध पूराण
३६२ - ईंटबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ? पाटनको महाबौद्ध मन्दिर
३६३ - भगवान गौतम बुद्धले ज्ञान प्राप्तिका लागि उपयोग गरेको मानिने साधना बिधि बिपश्यनाका आधुनिक अभियन्ता कसलाई मानिन्छ ? सत्य नारायण गोयन्का
३६४ - बौद्ध दर्शन र तामाङ संस्कृति अध्ययन गर्न सकिने ‘क्याङजेन भ्याली’ नेपालको कुन जिल्लामा रहेको छ ? रसुवा
३६५ - सम्राट अशोकले हिद बुधे जाते शाक्यमुनि भगवान अभिलेख सहित शिलास्तम्भ राखेको बुद्ध जन्मस्थललाई डा. फुहररले कहिले पत्ता लगाएका थिए ? सन् १८९९ डिसेम्वर १
३६६ - आवश्यक शुत्र कुन धर्मको धार्मिक ग्रन्थ हो ? जैन धर्म
३६७ - गौड देशका राजा प्रचण्डदेव स्वयम्भू र गुहेश्वरीको दर्शनार्थ नेपाल आएको बेला स्वयम्भू नजिकमा निर्माण गरेका ५ कुटीहरू मध्ये वसुपुर, अग्निपुर २ – कुटीहरू हुन् भने अन्य तीन कुटी भित्र तलको कुन कुटी पर्छ ? क) वायुपुर ख) नागपुर ग) शान्तिपुर घ) माथिका सबै
३६८ - आईतबार, आश्विन शुक्ल पूर्णिमा, रेवती नक्षत्र, व्याघात हर्षण योग र चन्द्र ग्रहणको योग गरी ५ दुर्लभ संयोग भएमा मनाईने पर्व कुन हो ? दिपंखा यात्रा
३६९ - चावहिल स्थित बौद्ध स्तुपा (विहार) कसले बनाएको हो ? चारूमती
३७० - ग्रीक देवताहरूको प्रमुख को हुन् ? Zeus
३७१ - “कैलाशनाथ महादेव” नामले चिनिने नेपाल स्थित भक्तपुरमा रहेको विश्वकै अग्लो शिव मूर्तिको उचाई कति रहेको छ ? १४३ फिट
३७२ - गम्की नामक नेवारी भाषाको पुस्तक कसले लेखेको हो ? धुस्वाँ सायमी
३७३ - दशैं तिहारमा बिदा दिने चलन कहिलेदेखि चलेको हो ? २००८
३७४ - राउटे, किसान, मेचे, जनजातिहरू कुन समूह अन्तर्गत पर्दछन् ? लोपोन्मुख समूह
३७५ - राष्ट्रिय दलित आयोग कहिले गठन भयो ? २०५८ चैत्र
३७६ - सामाजिक भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य गर्ने मुलुकी ऐन कहिले जारी गरियो ? २०२० भाद्र १
३७७ - जिरेल, छन्त्याल जनजाति कुन समूह अन्तर्गत पर्दछन् ? सुविधा वञ्चीत
३७८ - नेपालको पहिलो जातिय सङ्ग्रहालय काठमाडौँको कुन ठाउँमा छ ? भृकुटीमण्डप
३७९ - वि.सं. २०६८ सालको जनगणाअनुसार सबैभन्दा सबैभन्दा बढी संख्यामा रहेको जनजाति कुन हो ? मगर
३८० - मुलुकी ऐनअनुसार जातिपातीको आधारमा भेदभाव गर्नेलाई कति सजाय हुने व्यवस्था छ ? एक वर्ष कैद रु ३ हजार जरिवाना
३८१ - हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ ? दाङ
३८२ - नेपाललाई छुवाछुत मुक्त देश घोषणा कहिले गरिएको हो ? वि.सं.२०६३ जेठ २१ गते
३८३ - राई, लिम्बु, छन्त्याल, जिरेल जस्ता जनजातिहरू कुन समूहमा पर्दछन् ? सुविधा वञ्चित
३८४ - भाँडे संक्रान्ति नाच कुन जिल्लामा कसले मनाउने पर्व हो ? बझाङ, बादी
३८५ - महिलाको लासलाई तेल लगाएर गाड्न लैजाने चलन कुन जातिमा छ ? धिमाल
३८६ - सतार जातिका महिलाहरूले लगाउने पारम्पारिक पोशाकलाई के भनिन्छ ? पालाहान्द
३८७ - नेपाल सरकारले कहिलेदेखि कमैया मुक्तिको घोषणा गरेको हो ? वि.स. २०५७ श्रावण २
३८८ - नेपालमा आदिबासि जनजाती राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भयो ? बि.सं.२०५८
३८९ - आदिवासी, जनजाती उत्थान गर्न नेपाल सरकारबाट स्थापना गरिएको संस्थाको नाम के हो ? आदिबासी, जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान
३९० - चेपाङ्ग जातीको विकासका लागि कुन कार्यक्रम ल्याईएको थियो ? प्रजा विकास कार्यक्रम
३९१ - चिउरीको वोट दाइजो दिने चलन कुन जातिमा छ ? चेपाङ
३९२ - अति गरिब जातिका रूपमा चिनिने जाति कुन हो ? मुसहर
३९३ - पाल्की बोक्ने जात भन्नाले कुन जातिलाई जनाउँछ ? झाँगड
३९४ - जि डग केसँग सम्बन्धित छ ? चेपाङ वस्ती
३९५ - जतिसुकै गरिब भए पनि मर्नेको नामबाट चौतारी बनाउनु पर्ने चलन कुन जातिमा छ ? थामी
३९६ - विवाह गर्दा केटा र केटी पक्षका सम्धी सम्धी लडाइँ गर्ने चलन कुन जातिमा छ ? कुमाल
३९७ - सतारको मुख्य मानिसलाई के भनिन्छ ? माझिहडाम
३९८ - मरेपछि पनि विवाह गर्ने अनौठो चलन कुन जातिमा रहेको छ ? थामी
३९९ - मृत्यु भएमा बाँदर मार्ने जालमा राखेर गाडने प्रचलन कुन जातिमा छ ? राउटे
४०० - नेपाल सरकारद्वारा सूचीकृत ५९ जनजाति मध्ये साक्षरता दर, गाँस, आवास, पेशा, भाषा, जनसंख्याको आकार आदिको आधारमा कति भागमा वर्गीकरण गरिएको छ ? ५
४०१ - हाल नेपालमा दलित जाति भनेर कति थरलाई सूचीकृत गरिएको छ ? २३
४०२ - राउटे, कुसुण्डा, लेप्चा, वनकरिया, सुरेल जस्ता जातिहरू कुन समूहमा पर्दछन् ? लोपोन्मुख
४०३ - पैसा छोए पाप लाग्छ भन्ने विश्वास कुन जातिमा पाइन्छ ? राउटे
४०४ - “खाम्ची” भाषा कुन जातिले बोन्ने भाषा हो ? चेपाङ र राउटे
४०५ - राउटेहरूको नाइकेलाई के भनिन्छ ? मानबहादुर
४०६ - आदिवासी जनजाति महासंघका अनुसार लोपोन्मुख जातिको संख्या कति रहेको छ ? १०
४०७ - राष्ट्रिय जनजाति विकास समितिको गठन कति सालमा भएको हो ? वि.स. २०५३
४०८ - नेपालमा आदिवासी चरित्रको सबैभन्दा पूरानो जाति कुन हो ? राउटे
४०९ - नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजाति मध्ये १२ जनजाति अतिसीमान्तीकृत समूह तथा २० जनजाति सीमान्तीकृतमा पर्छन् भने कति जनजाति सुविधा वञ्चितमा पर्छन् ? १५
४१० - हिमाली क्षेत्रमा वसोवास गर्ने जनजातीमध्ये उन्नत समूहमा पर्ने जनजाती कुन हो ? थकाली
४११ - हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सुविधा वञ्चित समूहमा नपर्ने जनजाति कुन–कुन छन् ? भोटे र मुगाली
४१२ - हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा ७ उन्नत समूहमा १ जनजाती पर्दछन् भने सुविधा वञ्चित समूहमा कति जनजाति पर्दछन् ? ८
४१३ - ल्होमान्थाङ्ग क्षेत्रका बासिन्दालाई के नामले चिनिन्छ ? लोवा
४१४ - मृत्यु संस्कार गर्दा १०८ बत्ती बाल्ने कार्य गर्ने जाति कुन हो ? तामाङ
४१५ - कुन जातिले सपथ खाँदा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन छ ? लिम्बु
४१६ - झाम्रे नाच कुन जातिमा प्रचलित नृत्य हो ? गुरुङ
४१७ - “रिम्पुदिनी” नाच कुन जातिको प्रसिद्ध नाच हो ? शेर्पा
४१८ - गेहडी नाच कुन जातिको प्रसिद्ध नाच हो ? माझी
४१९ - दोचा कुन क्षेत्रका मानिसले लगाउने पोसाक हो ? हिमाली
४२० - हिमाली प्रदेशको प्रमुख प्रसिद्ध चाड कुन हो ? ल्होसार
४२१ - हिमाली क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तीकृत समूहमा परको जनजाति कति छन् ? ७
४२२ - हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जनजातीहरू कुन–कुन हुन् ? शेर्पा, भोटे, थकाली आदि
४२३ - शेर्पा जातिका मानिसहरूले कुन धर्म मान्छन् ? बौद्ध
४२४ - हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये “उन्नत समूह” मा पर्ने जनजाति कुन हो ? थकाली
४२५ - हिमाली क्षेत्रका मानिसहरूको मुख्य पेशा के रहेको छ ? पशुपालन
४२६ - “सेलो” कुन जातिसँग सम्बन्धित छ ? तामाङ
४२७ - बहुपति प्रथा कुन जातिमा रहेको छ ? शेर्पा
४२८ - च्याब्रुङ्ग नाच र धान नाचलाई पर्वका रूपमा मनाउने जाति कुन हो ? लिम्बु
४२९ - हिमाली क्षेत्रमा बसोबास गर्ने जनजातिहरूले मान्ने मुख्य धर्म कुन हो ? बौद्ध र बोनपो
४३० - नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातीमध्ये हिमाली क्षेत्रमा बस्ने आदिवासी जनजाती समूह कति छन् ? १९
४३१ - मनिरिम्दु पर्व कुन जातिको प्रमुख पर्व हो ? शेर्पा
४३२ - हिमाली भेगमा बस्ने जातिले लगाउने परम्परा जुत्तालाई दोचा भनिन्छ भने थामि जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ ? पोलो
४३३ - पूर्वका मानिस भनेर नेपालका कुन जातिलाई चिनिन्छ ? शेर्पा
४३४ - शेर्पा जातिको मुल थलो कहाँ रहेको छ ? सोलुखुम्बु
४३५ - विवाहमा जन्ती जाँदा तथा मलामी अगाडि वन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ ? लिम्बु
४३६ - हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा र थकालीहरूको धर्म संस्कृति कोसँग मिल्दोजुल्दो देखिन्छ ? तिव्वतीहरूसँग
४३७ - भित्री मधेसमा बस्ने जनजातीको संख्या कति छ ? ७
४३८ - तराई क्षेत्रमा वसोवास गर्ने जनजातिमध्ये अति सीमान्तकृत समूहमा नपर्ने जाति कुन हो ? धिमाल
४३९ - तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातीमध्ये लोपोन्मुख समूह अन्तर्गतका जनजाति कुन–कुन हुन् ? किसान र मेचे
४४० - तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख, अति सीमान्तकृत र सीमान्तकृत समूह अन्तर्गत पर्ने जनजातिहरू कति कति छन् ? २,३,५
४४१ - भित्री मधेसका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा रहेका जनजाति कुन–कुन हुन् ? कुमाल र दराई
४४२ - भित्री मधेसका आदिवासी जनजाती मध्ये अति सीमान्तकतृ समहूमा नपर्ने जनजाति तलका मध्ये कुन हो ? कुमाल
४४३ - भित्री मधेसका आदिवासी जनजाति मध्ये लोपोन्मुख समूह, अति सीमान्तकृत समूह र सीमान्तकृत समूह अन्तर्गतका जनजाति कति कति छन् ? क्रमशः २,३,२
४४४ - लठ्ठी नाच नेपालको कुन जातिमा प्रचलित छ ? थारु जाति
४४५ - नेपालका थारुहरूले मनाउने माघी पर्व कहिले पर्दछ ? माघ १
४४६ - तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूह अन्तर्गत नपर्ने जातिहरू तलका मध्ये कुन हुन् ? सतार
४४७ - चुरौटी भाषा बोल्ने समुदाय कुन हो ? मुसलमान
४४८ - वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारु
४४९ - भर्रा कुन जातिको पूरोहित हो ? थारु
४५० - ‘वेस’ कुन जातिको उत्थानको लागि सक्रिय संस्थाको नाम हो ? थारु
४५१ - दराई आदिवासी जनजाति कुन समूह अन्तर्गत पर्दछ ? सीमान्तकृत
४५२ - मोरङमा बस्ने गनगाई जातिको मानिसलाई के भनिन्छ ? मण्डल
४५३ - नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथली
४५४ - बिद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन् ? मैथली
४५५ - आदिवासी र जनजातिहरूमध्ये तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी जाति समूह कति छन् ? १०
४५६ - मधेशको लिम्बु भन्नाले कुन जातिलाई बुझाउँछ ? धिमाल
४५७ - तराईका मैथलीवासी समुदायको सबै भन्दा ठूलो छठ पर्वमा कुन भगवानको उपासना गरिन्छ ? सूर्य
४५८ - थारु जातिद्वारा बडा दसैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगानलाई के भनिन्छ ? सखिया नाच
४५९ - कर्मा धर्मा नाच कुन जातिमा नाचिन्छ ? झागड
४६० - मधेशको लिम्वु मानिने जाति कुन हो ? धिमाल
४६१ - मुर्मी कुन जाती र जनजातीभित्र पर्दछ ? तामाङ
४६२ - नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ? झागड, धाँगड, उराउ, माथिका सबै
४६३ - प्रसादका रूपमा ‘ठेकुवा, भुसुवा ’जस्ता परिकार मूलतः कुन चाड विशेषमा खाने खाद्य परिकार हुन् ? छठ
४६४ - कुलुङ जातिले मकालु हिमाललाई के भन्दछ ? सेसेलुङ
४६५ - मौरी वाजा कुन जातीको परमम्परागत वाजा हो ? छन्त्याल
४६६ - गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ? पूराती चित्र
४६७ - किराँत समुदायको वेदलाई के भनिन्छ ? मुन्धुम
४६८ - मधेशको लिम्बु भन्नाले कुन जातीलाई जनाउछ ? सतार
४६९ - “साकेला सिली” नाच कुन समुदायमा प्रचलित छ ? किराँती
४७० - झिझिया नाँच कुन जातिमा प्रचलित छ ? मैथिली
४७१ - लाकोल जातिको मुख्य बसोबास कहाँ हो ? बैतडी
४७२ - आदिवासि जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५९ अनुसार सुविधा वन्चित जनजाति कति रहको छन् ? १५ जाति
४७३ - छोक्रा नाच कुन समुदायको नाच हो ? थारु
४७४ - मघौटा नाच कुन समुदायको प्रसिद्ध नाच हो ? थारु
४७५ - चासोक ताङ्नाम पर्व कुन जातिको महान पर्व हो ? लिम्बु
४७६ - शेर्पा जातिका महिलाले लगाउने परम्परागत पोशाकलाइ के भनिन्छ ? पांगलेन
४७७ - ‘फ्या’ नामक संस्कार कुन जातिमा रहेको छ ? तामाङ
४७८ - सेग्रो सिली नाच कुन समुदायको नृत्य हो ? बाहिङ राई समुदाय
४७९ - पाल्की बोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ? झाँगड
४८० - किसान जातिलाई अर्को के नामले पनि चिनिन्छ ? उराव (२०७२, लो.से.आ.)
४८१ - पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन् ? ३
४८२ - नेपालमा आदिवासी/जनजातिमध्ये चेपाङ जनजाति तलको कुन वर्गीकरणमा पर्दछ ? अति सीमान्तकृत
४८३ - तामाङ जातिको मृत्यु संस्कारलाई के भनिन्छ ? धेवा
४८४ - चमार जातिका महिलालाई के भनिन्छ ? चमैन
४८५ - कुन जातिले बाहा पर्वलाई फूलको उत्सवको रूपमा मनाउँछन् ? सतार
४८६ - मगर जातिमा रहेको छोरी बेच्ने चलन तथा भाउजू, सानिमा व्यहोर्ने चलनमथि प्रतिबन्ध कसले लगाएका हुन् ? भीमसेन थापा
४८७ - रूपौली–सुनौली प्रथा कुन समुदायसँग सम्बन्धित छ ? लिम्बु
४८८ - मंगलबारका दिन केटी माग्ने र मंगलबार नै जन्ती जाने जाति कुन हो ? चेपाङ
४८९ - कुसुण्डाको मुख्य बसोबासस्थल कुन हो ? सुर्खेत, दैलेख
४९० - चण्डीनाचमा नाच्ने तरिकालाई के भनिन्छ ? शिली
४९१ - बाह्रगाउँलेको मुख्य बसोबास क्षेत्र कुन हो ? मुस्ताङ
४९२ - सतारहरूको मुख्य मानिसलाई के भनिन्छ ? माझीहडाम
४९३ - मृत्युपछि घेवा गराउने चलन कुन जातिमा छ ? तामाङ
४९४ - चनारा जातिको मुख्य बसोबास स्थल कुन हो ? गोरखा
४९५ - जाती पर्व कुन जातीले मनाउने पर्व हो ? धिमाल
४९६ - बन्चरोले दारी काट्ने जातिको रूपमा आफूलाई चिनाउने जाति कुन हो ? राउटे
४९७ - कर्माधर्मा पूजा कुन जातिले मनाउँछन् ? झागड (उराउ जाति)
४९८ - ‘जात्री पर्व’ कुन आदिवासी समुदायको चाड हो ? धिमाल
४९९ - धिमाल जातिको टोलको मुखिया तथा पुजारीलाई के भनिन्छ ? माझी
५०० - डोल्पा जिल्लाका तराली मगरहरूले बोल्ने भाषालाई के भनिन्छ ? काइके
५०१ - मैथिली समाजमा भाईबहिनीको बिचको प्रेमको पर्वलाई के नामले चिनिन्छ ? सामाचकेवा
५०२ - फोग्यू कुन जातिको धर्मग्रन्थ हो ? शेर्पा
५०३ - सतारहरूको मुख्य देवताको नाम के हो ? ठाकुर
५०४ - माघी पर्व मुख्य गरी कुन जनजातीसँग सम्बन्धित छ ? थारु
५०५ - जिर्पा भन्नाले कुन जातीलाई बुझिन्छ ? जिरेल
५०६ - चेपाङ जातिलाई अर्को कुन नामले पनि चिनिन्छ ? प्रजा
५०७ - तीन दिन लगाएर लास जलाउने चलन नेपालको कुन जातीको मृत्यु संस्कार हो ? दनुवार
५०८ - जिरेल जातीको पूरोहितलाई के भनिन्छ ? नाक्सो
५०९ - शेर्पा जातिको मुख्य पर्व कुन हो ? ल्होसार
५१० - नेपालका जंगलहरूमा घुमन्ते जीवन बिताउने जातीहरू कुन–कुन हुन् ? राउटे र कुसुन्डा
५११ - विश्व आदिवासी जनजाति दिवस कहिले मनाईन्छ ? August 9
५१२ - धिमालहरूको प्रमुखलाई के भनिन्छ ? देउनिया
५१३ - राई जातिले वर्षमा कतिपटक चण्डी नाच नाच्दछन् ? २ पटक
५१४ - दसैं नाँच कुन जातिले नाच्दछन् ? सतार
५१५ - डोल्पा जिल्लामा बसोबास गर्ने मगरहरूलाई के भनिन्छ ? तराली मगर
५१६ - तारो हान्ने प्रतियोगिता कुन जातिमा छ ? मनाङ्गे
५१७ - पैसा छोए पाप लाग्छ भन्ने विश्वास गर्ने जाति कुन हो ? राउटे
५१८ - आदिवासी चरित्रको सबभन्दा पूरानो जाति कुनलाई मानिन्छ ? राउटे
५१९ - थकाली जातिको मूल वसोबास स्थल कहाँ हो ? मुस्ताङ्को थाकखोला
५२० - लेप्चा जातिको मुख्य बासस्थान कहाँ हो ? इलाम
५२१ - जनजाति सँग्रालय कहाँ रहेको छ ? कीर्तिपुर
५२२ - सतारहरूको मुख्य बस्ती भएको जिल्ला कुन हो ? मोरङ
५२३ - कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ ? मगर (२०६८, लो.से.आ.)
५२४ - छन्त्याल जातिको पूरोहितलाई के भनिन्छ ? भान्जा
५२५ - लिम्बु जातिको पूरोहितलाई के भनिन्छ ? फेदाङ्वा
५२६ - तामाङ जातिको पूरोहितलाई के भनिन्छ ? लामा
५२७ - मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन कुन जातिमा छ ? थामी
५२८ - राई जातिको लोकप्रिय बाजा कुन हो ? बिनायो
५२९ - सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ? मगर
५३० - महाकाली नाच कुन जातीसँग सम्बन्धित छ ? ज्यापु
५३१ - पाथिभरा पुजा कुन जातिसँग सम्बन्धित छ ? जिरेल
५३२ - नेपालको कतिवटा जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ ? ६ जिल्ला
५३३ - विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ? झाँगड
५३४ - माघी, सुखरात्री र सिरुवा पर्व कुन जातिका मुख्य चाडपर्व हुन् ? थारु
५३५ - ट्रहोटे पर्व कुन जातिले मनाउछन् ? गुरुङ
५३६ - पानी पार्नलाई जेठमा गोरुवेलना चाड कुन समुदायमा मनाइन्छ ? थारु
५३७ - लोपोन्मुख कुसुण्डा जातिबाट पहिलो पटक नागरिकता पाउने को हुन् ? राजामामा
५३८ - मुन्धुम कुन जातिको धर्मग्रन्थ हो ? किँरात
५३९ - थारु समुदायका कृषकहरूले खेती पातीको पूजा स्वरूप मनाउने पर्वलाई के भनिन्छ ? हरेरी
५४० - आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार कति जनजातिलाई आदिवासी जनजाति भित्र समेटेको छ ? ५९
५४१ - सिरुवा पर्व राजवंशी जातिसँग सम्बन्धित छ भने माघी पर्व कुन जातिसँग सम्बम्धी छ ? थारु
५४२ - आदिवासी जनजाति प्रतिष्ठानको वर्गीकरण अनुसार उन्नत समूहमा परेका जनजातिहरू कुन–कुन हुन् ? नेवार र थकाली
५४३ - कञ्चनजंघा हिमाललाई इष्टदेवता मान्ने जाति कुन हो ? लेप्चा
५४४ - विवाहमा दुलाहाका साथ कालो छाता अनिवार्य हुनुपर्ने चलन कुन जातिमा छ ? राई
५४५ - ससुरा मर्दा वुहारी समेत विधवा हुने चलन कुन जातिमा छ ? सतार
५४६ - नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाई के भनिन्छ ? वुलिन
५४७ - मंसिर महिनामा मात्र विवाह गर्ने अनौठो चलन कुन जातिमा छ ? थामी
५४८ - पालाहान्द शव्दले सतार जातिको महिलाले लगाउने पोशाकलाइ जनाउँछ भने, छेची शव्दले केलाई जनाउँछ ? ल्होसारको मुख्य दिन
५४९ - ल्होमीहरूको गाउँको मुखियालाई पिम्वु भनिन्छ भने गुरुङ समुदायको मुख्य मानिसलाई के भनिन्छ ? चिवा
५५० - मिजार कुन जातिको मुख्य मानिसलाई भनिन्छ ? माझी
५५१ - महाकाली नाँच ज्यापु जातिसँग सम्वन्धि छ भने, सरस्वती नाँच कुन जातिसँग सम्बन्धि छ ? तामाङ
५५२ - “इही” शव्दले केलाई जनाउँदछ ? नेवार जातिको वेल विवाह
५५३ - छेलो हान्ने प्रतियोगितालाई पर्वको रूपमा मनाउने दुरा जातिको मुख्य वसोवास स्थल कुन हो ? लमजुङको दुरा डाडा
५५४ - कुन जातिको विवाहमा सिन्दुर प्रथा छैन ? तामाङ
५५५ - चेपाङको मुख्य चाडलाई के भनिन्छ ? चोनाम
५५६ - राष्ट्रिय जनजाति विकास समितिको अध्यक्ष को हुन्छ ? स्थानीय विकास मन्त्री
५५७ - चेपाङ जातिलाई प्रजा जाति भनेर वि.स. २०३४ सालमा नामाकरण गरियो भने नेपाल सरकारले कहिले देखि प्रजा विकास कार्यक्रम लागू गरेको हो ? वि.स. २०३५
५५८ - कारभोटे भनेर कुन जातिलाई चिनिन्छ ? ल्होमी
५५९ - जनजाति सङ्ग्रहालय कहाँ रहेको छ ? किर्तिपुरको चम्पावती
५६० - कुन जातिको लाशलाई मरेपछि काटेर गिद्धलाई खुवाइन्छ ? डोल्पो
५६१ - व्यासी जातिको प्रमुख चाडलाई के भनिन्छ ? धबला
५६२ - पहरी जाति नेपालको कुन ठाउँमा वसोवास गर्दछन् जुन मातृसत्तात्मक पारिवारिक ढाँचा छ ? काभ्रेपलान्चोक
५६३ - दोस्रो विवाह गरेको लोग्नेले घर छाड्नुपर्ने प्रचलन कुन जातिमा छ ? ल्होमी
५६४ - धुलेल जातिको वसोवास वझाङको धुलीगाउँ हो भने यो जातिको प्रमुख चाड कुन हो ? लागा
५६५ - चेपाङ जातिको बाहुल्यता कुन कुन जिल्लामा पाइन्छ ? चितवन, गोरखा, मकवानपुर
५६६ - हायु जातिको मुख्य थलो कुन हो ? रामेछाप र सिन्धुली
५६७ - विवाह गर्दा केटीको अपहरण गर्ने चलन कुन जातिमा रहेको छ ? पुनेल
५६८ - पुरुषको लाशलाई सेतो कपडाले र स्वास्नी मानिसको लाशलाई रातो कपडाले कात्रो वेर्ने चलन कुन जातिमा छ ? गुरुङ
५६९ - छोरी ज्वाइले अंश पाउने प्रथा कुन जातिमा छ ? मतवाली क्षेत्री
५७० - दनुवार समाजको मुखियालाई भाञ्जन भन्छन् भने, धिमाल समाजको गाउँ प्रमुखलाई के भनिन्छ ? देउनिया
५७१ - उराव भनेर समेत चिनिने जाति कुन हो ? किसान (२०७२, लो.से.आ.)
५७२ - राजवंशीहरूले बोन्ने भाषालाई के भनिन्छ ? ताजपुरिया
५७३ - मरेपछि “घेवा” गर्ने चलन कुन जातिमा रहेको छ ? तामाङ
५७४ - व्यासी जातिको मुख्य वसोवास स्थल कहाँ हो ? दार्चुला
५७५ - शपथ खाँदा दुवो र ढुङ्गो लिएर खानुपर्ने चलन कुन जातिमा छ ? लिम्वु
५७६ - उधौली र उभौली कुन जातीको महत्वपूर्ण सांस्कृतिक पर्व हो ? किराँत जाती (२०७०,लो.से.आ.)
५७७ - पुरुषको लाश घोप्टो तथा महिलाको उत्तानो पारेर गाड्ने चलन कुन जातिमा छ ? थारु
५७८ - कुन जातिलाई वोडो नामले पनि चिनिन्छ ? मेचे
५७९ - सतार जातिको मुख्य थलो कहाँ रहेको छ ? झापा, मोरङ
५८० - सुपारी विवाहको प्रचलन कुन जातिमा रहेको छ ? धिमाल
५८१ - बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारान गर्ने जाति कुन हो ? धिमाल
५८२ - बाह्रमासे नाँच कुन जातिको प्रसिद्ध नृत्य हो ? थारु (लो. से .आ. २०७०)
५८३ - पाल्की वोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ? झागड
५८४ - कोचे, मेचे, सतार, किसान, वातर तथा गन्गाइ जातिहरूको बाहुल्यता कुन कुन जिल्लामा वढी रहको छ ? मोरङ, झापा
५८५ - भोट बमर्लेी परिवार अन्तगर्तका भाषा मध्ये नेपालमा सबभैन्दा बढी जनसख्ंयाले बोल्ने भाषा कनु हो ? तामाङ
५८६ - कुमाल जाति कुन वर्गमा पर्दछ ? सीमान्तीकृत
५८७ - सिरिजा अर्थात असारे पुजा कुन जातिको मुख्य चाड हो ? धिमाल
५८८ - किसान जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ? झापा
५८९ - ल्होमी जातिको मुख्य वसोवास संखुवासभा तथा थामी, जिरेल, सुरेल जातिको वसोवास दोलखा जिल्लामा छ भने, लेप्चा जातिको वसोवास स्थल कुन जिल्लालाई मानिन्छ ? इलाम (२०७२, लो.से.आ.)
५९० - दुलाहा विरामी परेपनि हतियार प्रतिनिधि पठाइ विवाह सम्पन्न गर्ने चलन थारु जातिमा छ भने, विहेपछि दुलहीलाई विदाइ गर्दा बत्ती र विषको प्याला दिने चलन कुन जातिमा रहेको छ ? थारु
५९१ - थारु, गन्गाइ, धिमाल, ताजपुरिया, सुनवार, तामाङ, भुजेल, पहरी, दुरा तथा ल्होपा जस्ता जातहरू कुन समूहमा पर्दछन् ? सीमान्तीकृत
५९२ - सिउढीको रुखलाई पुजा गर्ने जाति कुन हो ? मेचे (२०७२, लो.से.आ.)
५९३ - कुन भाषा परिवारलाई आर्य पनि भनिन्छ ? भारोपेली
५९४ - गन्गाइ जातिलाई के भनेर पनि चिनिन्छ ? मण्डल
५९५ - धुलेल जातिको इष्टदेवतालाई के भनिन्छ ? लाँगा
५९६ - बिजुलाङ्गो कुन जातिको कुल देवता हो ? गन्धर्व
५९७ - कास्कीको वाटुलेचौर कुन जातिको मुख्य वसोवास स्थल हो ? गन्धर्व
५९८ - लाकड जातिको मुख्य वसोवास स्थल भएको जिल्ला कुन हो ? वैतडी
५९९ - जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ? ऋग्वेद (२०७०,लो.से.आ.)
६०० - थारुको पूरोहितलाई के भनिन्छ ? गुरुवा वा भर्रा
६०१ - लिम्बुको पूरोहितलाई फेदाङवा वा साम्वा भनिन्छ भने, राईको पूरोहितलाई के भनिन्छ ? डोपा
६०२ - गुरुङ समुदायको मुख्य मानिसलाई चिवा भनिन्छ भने थारुको गाउँ प्रमुखलाई के भनिन्छ ? भलभन्सा
६०३ - गुरुङको पूरोहितलाई ध्याब्रे भनिन्छ भने, सुनुवारको पूरोहितलाई के भनिन्छ ? नासो
६०४ - सुरेल जातिको बसोबास मूख्यतः कुन जिल्लामा छ ? दोलखा (२०७१,लो.से.आ.)
६०५ - “व्याधा” कुन जातिको सम्मानसूचक सम्बोधन हो ? कडौरी
६०६ - जनैपुर्णिमाका दिन भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा विधमान छ ? नेवार
६०७ - चेपाङको पूरोहितलाई के भनिन्छ ? पाँडे
६०८ - क्षेत्रीलाई काजी, सार्कीलाई मिजार, लिम्बु, थकालीलाई सुब्वा भनेजस्तै थारुलाई के भनिन्छ ? चौधरी
६०९ - उधौली र उभौली गरी वर्षको २ पटक मनाइने साकेलादी अर्थात चण्डीनाच कुन जाति विशेषको नाच हो ? राई
६१० - डुम्जे पर्व शेर्पा जातिको मुख्य पर्व हो भने चासोक ताङनाम कुन जातिको पर्व हो ? लिम्बु
६११ - सुखरात्री पर्व थारु जातिको मुख्य पर्व हो भने, इद कुन जाति विशेषको पर्व हो ? मुसलमान
६१२ - छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ? मैथली (२०७१, लो.से.आ.)
६१३ - दाङ जिल्लामा बस्ने थारुलाइ डगारौ थारु भनिन्छ भने, थारुहरूमा उच्च जातको थारु केलाई मानिन्छ ? राना
६१४ - थारु जातिले खाने दिउँसोको खानालाई के भनिन्छ ? मिंगी
६१५ - झागडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ? भाइजन
६१६ - मृत्यु संस्कारमा १०८ वटा वत्ती वान्ने कार्य (याम्जा) कुन जातिमा छ ? तामाङ
६१७ - शेर्पाले मान्यजनलाई गर्ने अभिवादन ध्याङसुसी हो भने संवोधन गर्दा एक आपसमा तामाङ भन्ने चलन कुन जातिमा छ ? थकाली
६१८ - मामाले गाईको दाम्लोले गलामा वाधेर छेवर गर्ने चलन कुन जातिमा छ ? राई
६१९ - विवाह हुनु दुई हप्ता अगावै दुलाहालाई दुई हात खुट्टा र घाटीमा समेत दाम्लोले वाधेर आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा रहेको छ ? माझी
६२० - वेहुली भिञ्याउँदा ढोकामा भाले काटी सो माथी कुल्च्चाई भित्र्याउने चलन मगर जातिमा छ भने, बेहुलालाई कालो मोसो दली जन्तीको स्वागत गर्ने चलन कुन जातिमा छ ? राजवंशी
६२१ - मानिस मरेपछि चोख्याउने काम “कामपाणी” कुन जातिसँग सम्बन्धित छ ? धिमाल
६२२ - चण्डी पूजा कुन जातिमा प्रचलित छ ? राई (२०७१, लो.से.आ.)
६२३ - थारु जातिका मानिसले घरको भित्ता कलात्मक रूपमा चित्र कोर्ने शैलीलाई के भनिन्छ ? मोखा
६२४ - दनुवार जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ? सिन्धुली
६२५ - तामाङ, नेवार, मगर, गुरुङ जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? भोटवर्मेली
६२६ - सुरेल तथा जिरेलको पूरोहितलाई नाक्सो तथा वोम्पो भनिन्छ भने, कुन जातिले आफ्नै भाञ्जालाई पूरोहित लगाउँछन् ? छन्त्याल
६२७ - “पोल्दोक” जिरेल जातिको मुख्य खाना हो भने उनीहरू आफुलाई के भन्न रुचाउँछन् ? जिर्पा
६२८ - लेप्चा जातिको धार्मिक गुरु विजुवा हो भने, धार्मिक ग्रन्थ के हो ? अस्ताच्यो
६२९ - तामाङ जातिको बाहुल्यता भएको जिल्ला कुन हो ? रसुवा
६३० - धानुक कुन जातिको अर्को नाम हो ? राजवंशी
६३१ - भुजेल जातिको निधनमा कुन जनावरको वली दिइन्छ ? भेडा
६३२ - वयरको हाँगो कोठामा राख्दा भुत प्रेतबाट बचिन्छ भनि विश्वास गर्ने जाति कुन हो ? झागड
६३३ - विवाहपश्चात लोग्ने नै स्वास्नीको घरमा गई बस्ने चलन कुन जातिमा छ ? मेचे
६३४ - प्रजा जातिको सबैभन्दा बढी वसोवास भएको अञ्चल कुन हो ? नारायणी
६३५ - नेपालमा वनकरिया जनजातिको बाहुल्यता कुन जिल्लामा रहेको पाइन्छ ? मकवानपुर
६३६ - स्याब्रुङ नाच शेर्पा जातिको हो भने स्याब्रुङ तथा विजुवा नाच कुन जाति विशेषको नाच हो ? लिम्बु
६३७ - धान नाच कुन जाति विशेषको नाच हो ? लिम्बु
६३८ - धिन्तामे नाच कुन जाति विशेषको नाच हो ? ज्यापु
६३९ - सेलो नाच तामाङ, पुटपुटे नाच गुरुङ, झिझिया नाच मैथली समुदायको हो भने कर्माधर्मा नाच कुन जातिको हो ? झागड
६४० - थकालीहरूको आर्थिक संस्थालाई के भनिन्छ ? ढिगुंर
६४१ - नारो कुन जातिको पर्व हो ? तामाङ
६४२ - गणगौर पुजा कुन जाति विशेषको पर्व हो ? माडवारी
६४३ - चोरखेलिया नाच, वारामासे र वडका नाच, रानी नाच, कटेहर नाच, जरजटिनी नाच, लढ्ठी नाच, चाचर नाच, धुमरा नाच आदि कुन जातिका नृत्य हुन् ? थारु जाति
६४४ - चिडिमार जातिको वसोवास स्थल बाँके, राजीको दाङ, ल्होमीको संखुवासभा, तथा पहरीको काभ्रे हो भने छितारी जातिको वसोवास स्थल कुन जिल्ला हो ? उदयपुर
६४५ - झागड जातिको मुख्य वसोवास स्थल कुन हो ? रौतहट
६४६ - माझीको कुल देवतालाई के भनिन्छ ? भिमसेन
६४७ - दुसाधहरूको कुल देवतालाई के भनिन्छ ? सहलेस
६४८ - गुरुङहरूको जातीय नाम के हो ? तमु
६४९ - जनगणना २०६८ अनुसार नेपालमा कतिवटा भाषाहरू बोलिन्छन् ? १२३ भाषा (२०७२, लो.से.आ.)
६५० - मैथिली भाषाको विकास कुन समयमा भएको मानिन्छ ? डोय राज्यकालमा
६५१ - नेपाली भाषाको प्राचीनकाल जसलाई अभिलेख काल भनेर पनि चिनिन्छ कति समयको अवधिलाई मानिन्छ ? ११ औं देखि १५ औं शताब्दीसम्म
६५२ - नेपाली भाषाको मध्यकाल भन्नाले कुन समयलाई बुझिन्छ ? क) २२ से २४ से राज्यको उदयदेखि नेपाल एकीकरण पूर्वसम्म ख) १६ देखि १८ औं शताब्दीसम्मको अवधि ग) दुवै हुन्
६५३ - नेपाली भाषाको आधुनिक काल कुनलाई मानिन्छ ? वि.सं. १९५८ देखि हालसम्म
६५४ - नेपालमा बोलिने भोजपुरी, ताजपुरीया, दनुवारी, कुमाल, दरै, थारु, अवधि, वोटे जस्ता भाषाहरू कुन भाषा परिवार अन्तर्गत पर्दछन् ? भारोपेली
६५५ - नेपालमा कुन भाषिकाले मानक भाषाका रूपमा मान्यता पाएको छ ? पूर्वेली नेपाली भाषिका
६५६ - नेपाली भाषा भारतको संविधानको कति औं अनुसूचीमा सूचीकृत भएको छ ? आठौं अनुसूची
६५७ - झँगड भाषा कुन भाषिक परिवार भित्र पर्दछ ? द्रबिड
६५८ - विभिन्न स्थानहरूमा फरक फरक तरिकाले बोलिने भाषालाई के भनिन्छ ? भाषिका
६५९ - नेपालमा सबैभन्दा थोरै जनाले बोल्ने मातृभाषी कुन हो ? नागमेसे (५ जना)
६६० - सन्थाल भाषा कुन भाषा परिवारमा पर्दछ ? आग्नेय
६६१ - संसारमा सबैभन्दा बढी फैलिएको भाषा परिवार कुन हो ? भारोपेली
६६२ - नेपालका कति वटा जिल्लाहरू नेपाली भाषा भाषीहरूको संख्या प्रथम स्थानमा छ ? ५४ जिल्ला
६६३ - नेपाली भाषाको जन्म कहाँबाट भएको मानिन्छ ? कर्णाली प्रदेशको सिंजा प्रान्तबाट
६६४ - नेवार भाषाको लिपिलाईके भनिन्छ ? रञ्जना
६६५ - नेपालमा वोलिने विभिन्न भाषालाईकति भागमा विभाजन गरिएको छ ? ४
६६६ - नेपाली भाषालाईराज भाषाको रूपमा प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? नागराज
६६७ - सतार अर्थात सन्थाल भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? आग्नेय
६६८ - वाटुलो अनुहार, थेप्चो नाक भएका मंगोल मूलका मानिसहरूले वोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? भोटवर्मेली
६६९ - नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ? देबनागरिक
६७० - नेपाली भाषाको जननी भाषा कुन हो ? संस्कृत
६७१ - नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ? जे.ए एटन
६७२ - जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ? प्राकृत व्याकरण
६७३ - नेपालको राष्ट्र भाषा भन्नाले केलाईबुझउँछ ? नेपालमा वोलिने सबै मातृभाषा
६७४ - लिम्बु भाषाको लिपिलाई के भनिन्छ ? सिरिजंगा
६७५ - हालसम्मको नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश कुन हो ? नेपाली शव्दसागर
६७६ - कागते भाषा बोल्ने वासिन्दा नेपालको कुन ठाउँमा रहेका छन् ? सिन्धुपाल्चोक
६७७ - मैथिली भाषाको लिपिलाईतिरहुता लिपि भनिन्छ भने, ब्राहमी लिपि कुन भाषाको लिपि हो ? पाली
६७८ - सतार जातिले वोल्ने भाषालाईके भनिन्छ ? मुण्डा
६७९ - भारोपेली भाषा परिवारमा कति वर्गमा विभाजन गर्ने गरिन्छ ? २ वर्ग (शतम र केन्तुम )
६८० - भारोपेली भाषा परिवारमा हाल विद्यमान कति शाखा छन् ? ८ शाखा
६८१ - नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ? २०४९ भाद्र ४
६८२ - तामाङ्ग भाषाको लिपि कुन हो ? तामयिक
६८३ - खडिया भाषा कुन भाषा परिवार भित्र पर्दछ ? आग्नेय परिवार
६८४ - नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ? क) उराउ ख) धाँगड ग) झागड घ) माथिका सबै
६८५ - विश्वमा सबैभन्दा धेरै व्यक्तिले बोल्ने भाषा कुन हो ? चाइनिज मन्दरिन
६८६ - जापानी भाषाको प्रचलित लिपि कुन हो ? क) खाञ्जी ख) हिराकाना ग) नाकाकाना घ) माथिका सबै
६८७ - कलाकार अरनिकोलाई चिनीयाँहरूले के भनेर सम्बोधन गर्दथे ? आनिक
६८८ - काठमाडौं उपत्यकाका महत्वपूर्ण १८ महाविहारहरूमध्ये सबैभन्दा पूरानो महाविहार कुन हो ? बज्रशीला महाविहार
६८९ - नेपालमा प्यागोडा शैलीको सुरुवात कहिलेदेखि भएको मानिन्छ ? ११ औं शताब्दी (२०६८, लो.से.आ.)
६९० - सम्राट अशोक नेपाल आउँदा नेपालमा बनाउन लगाएका अशोक स्तम्भ कति ओटा छन् ? ३ वटा
६९१ - नेपाल ललितकला संघको स्थापना कहिले गरिएको हो ? वि.सं. २०२२
६९२ - गुतपौ दरबार कुन दरबारको पूरानो नाम हो ? हनुमान ढोका दरबार
६९३ - सिंहदरबारलाई एशियाकै ठूलो (वि.सं. २०३० सम्म मात्र) र सुविधा सम्पन्न महलको रूपमा कहिले घोषणा गरिएको थियो ? वि.सं. १९६२
६९४ - स्वयम्भु तथा बौद्धनाथको चैत्य कुन शैलीमा बनेका छन् ? स्तुप शैली
६९५ - वास्तुशास्त्रको मूल आधार कुन वेदलाई मानिन्छ ? स्थापत्य वेद
६९६ - फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा बनाइएको दरबार कुन हो ? सिंह दरबार
६९७ - भक्तपुर माटाको भाँडाको लागि प्रसिद्ध छ भने पाटन ढोका केका लागि प्रख्यात छ ? धातुको भाँडाको लागि
६९८ - काठमाडौं उपत्यकामा सबभन्दा बढी कुन शैलीका मन्दिर छन् ? प्यागोडा
६९९ - ललितकला भन्नाले केलाई बुझाउँछ ? वास्तुकला, मूर्तिकला र चित्रकला
७०० - ईंटाबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ? पाटनको महाबौद्ध मन्दिर
७०१ - गुनपौ दरबार कुन दरबारको पूरानो नाम हो ? हनुमानढोका दरबार
७०२ - पाषाण युगमा कलालाई के भनिन्थ्यो ? जादु
७०३ - नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? ३
७०४ - हिरण्यवर्ण महाविहार कहाँ छ ? क्वालखु, ललितपुर
७०५ - हनुमान ढोका दरबारलाई पहिले के भनिन्थ्यो ? गुतपौ
७०६ - दरबारनेपालको सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको भक्तपुरको न्यातपोलको उचाँइ कति छ ? १०८ फिट
७०७ - मुगल सम्राट शाहजहाँले मुमताजको स्मृतिमा निर्माण गराएको भारतको उत्तर प्रदेश आग्रा सहरमा अवस्थित ताजमहलको निर्माण गर्न कति समय लागेको थियो ? १७ वर्ष
७०८ - खड्गशमशेरद्वारा आफ्नी महारानी तेजकुमारीको यादमा एउटै विशाल चट्टानको काखमा कुदिएर ढुङ्गाका प्रस्तर कलाकृति झल्कने गरी रानीमहल कति वर्षमा निर्माण गरिएको थियो ? १० वर्ष
७०९ - पशुपतिनाथको मन्दिरलाई स्वर्णमय बनाउने ब्यक्ति को हुन् ? भाष्कर बर्मा बिश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ ? जापान
७१० - नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? ३
७११ - काभ्रेमा रहेको पलाञ्चोक भगवतीको मन्दिर कसले बनाएको हुन् ? मानदेव
७१२ - लालदरबार र सेतो दरबार कसले बनाएका हुन् ? बीर शमशेर
७१३ - घर देवालय बनाउने कलालाई के भनिन्छ ? स्थापत्य कला
७१४ - ऐतिहासिक हिल्याङ्ग दरबार कहाँ पर्छ ? पाँचथर
७१५ - उपत्यकाको जगत नारायण मन्दिर कुन शैलिमा निर्माण गरिएको हो ? शिखर
७१६ - प्यागोडा शैलीको सबैभन्दा पूरानो मन्दिर कुन हो ? चाँगुनारायण
७१७ - नेपालको सबैभन्दा पूरानो मन्दिर कुनलाई मानिन्छ ? स्वयम्भूनाथको मन्दिर
७१८ - घर, मन्दिर, पाटी, पौवा, दरबार आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ? वास्तुकला
७१९ - काठमाडौँको धरहरा कुन शैलीमा निर्माण गरिएको छ ? मुगल शैली
७२० - कलाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई के को रूपमा लिने गरिन्छ ? खुला सङ्ग्रहालय
७२१ - पाटन संग्रहालयको पुनः निर्माण (धातुकला सङ्ग्रहालय) कुन मुलुकको सहयोगमा भएको हो ? अष्ट्रिया
७२२ - नेपालको सबैभन्दा पूरानो (नौ सय वर्ष अघि) हस्तलिखित प्रज्ञापारमिता नामक ताम्रपत्रको एकापट्टि पञ्च बुद्ध र चार तारा छ भने अर्कोपट्टि के छ ? बज्रसत्व, देवीहरूका चित्र र प्रज्ञापारमिता
७२३ - वास्तुकलाको उच्चतम विकासकाल भनेर कुन काल लाई भनिन्छ ? मध्य काल
७२४ - काठमाडौँ उपत्यकामा विशेष गरी कुन शैलीका मन्दिर, दरबारहरू बनेका छन् ? प्यागोडाशैली
७२५ - जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ? मुगलरराजपुत शैली (२०७३,लो.से.आ.)
७२६ - एकभन्दा बढि छानो बनाई तल फराकिलो र माथि साँघुरिँदै जाने शैलीलाई कुन शैली भनिन्छ ? प्यागोडा
७२७ - पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर कुन शैलीका मन्दिर हुन् ? प्यागोडा (२०७१, लो.से.आ.)
७२८ - धनीहरूको घर अर्थ लाग्ने हम्र्य शैलीलाई कुन कालका दरबारहरूको कलात्मक र उत्कृष्ट शैलीका रूपमा लिइन्छ ? मध्य (मल्ल) काल
७२९ - जनकपुरको जानकी मन्दिर कुन शैलीको नमुना हो ? राजपूत र मुगल मिश्रित शैली
७३० - लुम्बिनीको मायादेवी मन्दिर कुन शैलीमा बनेको मन्दिर हो ? स्तुप शैली
७३१ - छानाविहीन पहाडको चुचुरा जस्तो गरी उँभोतर्फ साँघुरो र चुच्चो पार्दै गएको वास्तुकला सम्बन्धी शैलीलाई के भनिन्छ ? शिखर शैली
७३२ - पुनरेवा दरबार कहाँ छ ? रौतहट
७३३ - नेपालको सबैभन्दा ठूलो दरबार सिंहदरबार हो भने नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ? जानकी मन्दिर
७३४ - नेपालको सबैभन्दा ठूलो घण्टा हनुमान ढोका अगाडि रहेको छ भने नेपालको सबैभन्दा ठूलो नगरा कहाँ छ ? हनुमान ढोका अगाडि
७३५ - नेपालको सबैभन्दा पूरानो मन्दिर जसलाई प्राचीन कालमा युयान समेत भनिन्थ्यो कुन हो ? स्वयम्भुनाथ
७३६ - विश्वको सबैभन्दा ठूलो थान्का नेपालमा कहिले प्रदर्शन गरिएको थियो ? वि.सं. २०६९ मा
७३७ - लंलितकला अन्तर्गत पर्ने मुख्य ३ पक्षहरू के–के हुन् ? वास्तुकला, मुर्तिकला र चित्रकला पौभा चित्र कति प्रकारका हुन्छन् ? २ (पट र मन्डला)
७३८ - पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ ? थान्का
७३९ - हनुमान ढोका दरबार, मरुसत्तल, नोल्छे दरबार, नौतले दरबार भनेर कुन दरबारलाई चिनिन्छ ? वसन्तपुर दरबार
७४० - घरको भित्तामा कोरिने पुराति चित्र कुन जाती विशेषको पहिचान हो ? गुरुङ्ग
७४१ - सबैभन्दा पूरानो नेपाली हस्तलिखित ग्रन्थचित्र कुनलाई मानिन्छ ? प्रज्ञा, पारमिता
७४२ - भुस, माटो गोबर मिलाई मिहीन बनाएर भित्तामा कोरिएको चित्रलाई के भनिन्छ ? भित्ते चित्र (२०७०, लो.से.आ.)
७४३ - थारु समुदायले घरका भित्तामा कलात्मक रूपमा बनाउने पशुपंक्षी, फुल, वोट, विरुवा आदिको चित्र कोर्ने कार्यलाई के भनिन्छ ? मोखा
७४४ - The Last Judgment कसले बनाएको विश्व प्रसिद्ध चित्र हो ? माइकल एन्जेलो
७४५ - नेपालको पहिलो महिला चित्रकार को हुन् ? डवाला सम
७४६ - गुरूङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ? पूराति चित्र (२०६९, लो.से.आ.)
७४७ - थाङ्का चित्रकलालाई “पौभा चित्र ’’ भनिन्छ भने मिथिला चित्रलाई के भनिन्छ ? मधुवनी चित्रकला
७४८ - संसारमा कलाहरू मध्ये सबैभन्दा प्राचिनकला कुन हो ? चित्रकला
७४९ - पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ? ग्रन्थ चित्र
७५० - प्रतिक चिन्ह बीचमा राखी बनाइएको चित्रलाई के भनिन्छ ? मण्डल चित्र
७५१ - माटोलाई तेलमा मिलाइ पकाएर विभिन्न मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ? टेराकोटा
७५२ - नेपालमा हालसम्म पाइएको सबैभन्दा पूरानो चित्र कुन हो ? ग्रन्थ चित्र
७५३ - कुनै वस्तु निर्माण, सिर्जना, कार्य सम्पादन, प्रस्तुतीकरणको क्रममा अपनाइने सीप वा कौशललाई के भनिन्छ ? कला
७५४ - नेपाली कलाको उत्कर्षकाल भनेर कुन शताब्दीलाई चिनिन्छ ? ११ औं
७५५ - आशुकवि भनेर कसलाई चिनिन्छ ? शम्भु प्रसाद ढुङगेल (२०७३,लो.से.आ. )
७५६ - कपडामा बनाएको चित्रलाई के भनिन्छ ? थाङ्का, पौवा
७५७ - चित्रकलामा कुन कुन पर्दछन् ? ग्रन्थ चित्र, पौभा चित्र र भित्ते चित्र
७५८ - विश्वप्रसिद्द इटालियन चित्रकार एव मूर्तिकार माइकल एन्जलोले २० वर्ष लगाएर बनाएको प्रसिद्ध चित्र के हो ? अन्तिम निर्णय (Last Judgement)
७५९ - नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ? काष्ठमण्डप
७६० - मन्दिर लगायतका स्मारकहरूको छानालाई थाम्न ४५ को कोणमा राखिने साधा वा कलात्मक काठलाई के भनिन्छ ? टुँडाल
७६१ - मन्दिरहरूमा प्रवेशद्वार माथि रहने अर्ध वृत्ताकार काठका आकृतिहरूलाई के भन्न्छि? तोरण
७६२ - धिमे बाजा कुन जातिमा प्रचलित छ ? नेवारी
७६३ - जनकपुरमा सिताराम विवाहको सम्झनामा प्रत्येक वर्ष मनाईने विवाह महोत्सवमा सबैलाई आमन्त्रण गर्न गाईने गीतलाई के भनिन्छ ? मंगलगित
७६४ - गीत संगीतका क्षेत्रमा प्रदान गरिने ग्रामी अवार्ड अमेरिकी पप गायक माइकल ज्याकसनले आफ्नो जीवनकालमा कति पटक पाएका थिए ? १३ पटक
७६५ - सुरसुदा केसँग सम्वन्धित छ ? गीत सङ्गीतसँग
७६६ - गायिका आनी छोडङ्ग डोल्माद्वारा गाइएको गीत फूलको आखाँमा फूलै ससांर ...का रचनाकार को हुन् ? दुर्गालाल क्षेष्ठ
७६७ - वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ ? ब्राह्मण, क्षेत्री दुवै (२०६८, लो.से.आ.)
७६८ - हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन, प्रजातन्त्रको काफल जस्ता गीतका गायक को हुन् ? धर्मराज थापा
७६९ - मृत्यु संस्कारमा दोरा नाच नाच्ने प्रचलन कुन जातिमा रहेको छ ? तामाङ
७७० - नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हुन् ? प्रदीपकुमार राई
७७१ - नेपालमा पहिलो पटक नेपालमा (सन् २००७) मा पियानो बाजा भिœयाउने व्यक्ति को हुन् ? सन्त बहादुर गौतम
७७२ - गाईनेहरूको वाजा सारङ्गीलाई पोथीवाजा भनिन्छ यसको भाले बाजा भनि चिनिने वाजा कुन हो ? अर्वाजोर
७७३ - “शिली”कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच
७७४ - पलेँटी केसँग सम्बन्धित छ ? गीतसंगित
७७५ - प्रथम नेपाली ताराका विजेता को थिए ? दिपक लिम्बु
७७६ - लोकबाजा सङ्ग्रहालय कहाँ रहेको छ ? त्रिपुरेश्वर, काठमाडौँ
७७७ - नेपालमा सर्वप्रथम अन्तर्राष्ट्रिय कला प्रदर्शन कहिले गरिएको थियो ? वि.सं २०२७
७७८ - रोपाईमा बजाइने बाजालाई के भनिन्छ ? वेठी
७७९ - कर्माधर्मा नृत्य कुन जातिको प्रसिद्ध नृत्य हो ? झागँड
७८० - संगीत क्षेत्रको विश्वको सबैभन्दा ठूलो अवार्ड कुन हो ? ग्रामी अवार्ड
७८१ - मर्न बरु गाह्रो हुन्न.... लगायतका ४०० भन्दा बढी कालजयीगित गाएका गायक फत्तेमान राजभण्डारीको मृत्यु कहिले भएको थियो ? २०७० भदौ २५
७८२ - “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछन् ? नेवार
७८३ - बल्ल पर्यो निरमाया माकुरी जालैमा.... लगायतका ४०० भन्दा बढी गीत गाएका २०१० मा तनहुँमा जन्मेका ६० वर्षीय लोकगायक तीर्थबहादुर – गन्धर्वको मृत्यु कहिले भएको थियो ? २०७०भदौ ८
७८४ - ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ बोल गीतका रचनाकार स्रष्टा को हुनुहुन्छ ? गीतकार रत्न शमशेर थापा
७८५ - भगडा नृत्य कुन धर्मसँग सम्बन्धित छ ? शिख धर्म
७८६ - हालको राष्ट्रिय गानमा स्वर दिने गायकहरू कतिजना छन् ? २० जना
७८७ - हालको राष्ट्रिय गान कति समयको छ ? १ मिनेट ५ सेकेन्ड
७८८ - रणबाघ भन्नाले कुन बाजालाई चिनिन्छ ? धिमे बाजा
७८९ - नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन् ? लिम्वु
७९० - चर्या नृत्य कुन धार्मिक सम्प्रदायसँग सम्बन्धित छ ? बुद्ध धर्म(बज्रयान)
७९१ - संसारमा सबैभन्दा धेरै गाइने गीत कुन हो ? ह्यापी बर्थ डे...
७९२ - नेपालको सैनिक गान ‘रातो र चन्द्र सूर्य....का ’ रचनाकार गोपालप्रसाद रिमाल र संगितकार तथा गायक अम्बर गुरुङलाई कहिले मानार्थ – महासेनानीको सम्मान प्रदान गरिएको हो ? वि.सं. २०६८/५/२
७९३ - पसिना र आँशु निकाल्दै अनुहारबाट हाउभाउ प्रकट गरी गर्ने नृत्यलाई कस्तो नृत्य भनिन्छ ? सात्विक
७९४ - नेपालको चर्चित साङ्गीतिक व्यान्ड “नेपथ्य” कहिले स्थापना भएको हो ? सन् १९९०
७९५ - नेपाल एकीकरणका क्रममा गोर्खाली लडाकु र तिब्बती सेनाबीचको लडाइँको सम्झना गर्दै छेची पर्वका अवसरमा घोडाचढी नृत्य कुन समुदायमा नाचिन्छ ? तामाङ
७९६ - तराई क्षेत्रमा प्रचलित पौराणिक कथाहरूमा रहेका विभिन्न पात्रहरूको अभिनय गरी गरिने नृत्यलाई के भनिन्छ ? चरित्र नृत्य
७९७ - प्रसिद्ध कार्तिक नाच कहिलेदेखि शुरु भएको हो ? वि.सं. १६९७
७९८ - लिम्बु जातिमा प्रचलित धान नाचमा गाइने गीतलाई के भनिन्छ ? पालभ
७९९ - दसैंको घटस्थापनादेखि पूर्णिमासम्म दुर्गाको आराधनाका लागि बजाइने धुन कुन हो ? मालश्री ‘गाउँछ गीत नेपाली.....’ गीतका रचनाकार को हुन् ? माधव घिमिरे
८०० - वाद्यशिरोमणि भन्नाले कसलाई चिनिन्छ ? उस्ताद गणेशलाल
८०१ - नेपालको राष्ट्रिय बाजा कुन हो ? मादल
८०२ - मानिस जन्मेदेखि नमरुञ्जेलसम्मका कृयाकलाप र पशुपक्षिंका कृयाकलाप चित्रण गरी नाचिने किराती समुदायमा प्रचलित नाचलाई के भनिन्छ ? साकेला सिली
८०३ - नेपालका पूराना कलाकार मेलवादेवी गुरुङ कलाको कुन क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ ? गायन
८०४ - गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका को हुन् ? मेलवादेवी
८०५ - सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ? तामाङ
८०६ - बोलेर गरिने नृत्यलाई के भनिन्छ ? नाचिक नृत्य
८०७ - होलीको अवसरमा मिथिलाञ्चलमा गाइने मौलिक गीतलाई के भनिन्छ ? होलैया र जोगिरा
८०८ - थान नाच कुन समुदायमा प्रचलित नाच हो ? गनगाई
८०९ - नेपाली सेनका मानार्थ कर्नेल कुन वरिष्ठ सङ्गीतकार हुन् ? आलोक श्री
८१० - राम्रो भेषभूषा साथै गहना लगाएर गरिने नृत्यलाई के भनिन्छ ? आहार्य
८११ - थाली नृत्य कुन समुदायमा प्रचलित नृत्य हो ? मगर
८१२ - “म त लालीगराँस भएछु” भन्ने गीतका लेखक क्षेत्रप्रताप अधिकारीको निधन कहिले भयो ? २०७० चैत्र ३०
८१३ - कौरा नाच कुन जातिमा नाचिने प्रचलन छ ? मगर
८१४ - रेडियो नेपालमा पहिलो गायक हरिप्रसाद रिमालले कुन बोलको गीत रेकर्ड गराएका थिए ? मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ ।
८१५ - नेपालको नयाँ राष्ट्रिय गानका रचनाकार को हुन् ? प्रदिप कुमार राई
८१६ - रेडियोमा गाउने प्रथम गायिका कोइली देवी हुन् भने प्रथम गायक को हुन् ? हरिप्रसाद रिमाल
८१७ - सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो ? सामवेद
८१८ - भगवान शिवको नृत्यलाई के भनिन्छ ? ताण्डव
८१९ - नृत्यावस्थामा भगवान शिवलाई के भनिन्छ ? नटराज
८२० - हिन्दु र बौंद्ध धर्ममा चली आएको आध्यात्मिक बाजा कुन हो ? घण्ट
८२१ - “देउडा नाच” नेपालको कुन भौगोलिक क्षेत्रमा बढी प्रचलित छ ? सुदुरपश्चिमान्चल
८२२ - नेपालका स्वर सम्राट भनेर कसलाई चिनिन्छ ? नारायण गोपाल
८२३ - सारंगीलाई पोथी वाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ? अर्वाजो
८२४ - बौद्धमार्गीहरूको शास्त्रीय नाचलाई के भनिन्छ ? चर्या नाच
८२५ - रोदी नाच गुरुङ र मगर समुदायमा, मारुनी नाच मगर समुदायमा बढि प्रचलनमा रहेको छ भने धान नाच कुन समुदायमा बढि प्रचलित छ ? लिम्बु
८२६ - साकेला (चण्डी) नाच कुन कुन महिनामा नाचिन्छ ? बैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमा
८२७ - स्त्रीको भेषमा पुरुषले नाच्ने नृत्यलार्इ के भनिन्छ ? मारुनी
८२८ - नेपालका मौलिक कर्णप्रिय धुनहरूलाई स्तरीय रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लोकप्रिय बनाउन कार्यरत ३ जना संगीत साधकहरू को को हुन् ? सितार वादक विजय वैद्य, तलवा वादक सुरेन्द्र श्रेष्ठ र बाँसुरी वादक प्रेम राना औतारी
८२९ - हातले ठोकेर, पिटेर वा आघात गरी बजाइने बाजालाई के भनिन्छ ? घन वाद्य
८३० - संगीत भन्नाले कुन विधालाई समेट्छ ? नृत्य, गायन र वाद्य वादन
८३१ - हालको राष्ट्रिय गान ‘सयौं थूँगा फूलको हामी’मा संगीत दिने संगीतकार अम्बर गुरुङ हुन् भने संगीत संयोजनको काम कसले गरेका छन् ? शरद गुरुङ
८३२ - काठमाडौं उपत्यकाका नेवार सम्प्रदायमा प्रचलित पैंता, पोङा कुन किसिमको बाजा हो ? सुसिर वाद्य
८३३ - तामाङ जातिले बजाउने ‘डम्फु’ बाजा कुन जनावरको छालाबाट बनाउने गरिन्छ ? मृग (२०६८, लो.से.आ.)
८३४ - हिमाली क्षेत्रका बौद्ध मठहरूमा लामाहरूले धार्मिक कार्यमा बजाइने मान्छेको नलि हाडबाट बनाइने बाजा कुन हो ? काङलिङ
८३५ - डम्फु मुख्यतः तामाङहरूको बाजा हो भने बिनायो मुख्यतः कुन जातिको बाजा हो ? राई
८३६ - बौद्ध संस्कारमा प्रचलित पंचैताल बाजामा पर्ने दुई बाजा तां, पोगा हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ? छुस्या
८३७ - धिमे बाजा काठमाडौँ उपत्यकाका ज्यापू समुदायसँग सम्बन्धित बाजा हो भने सारङ्गी मुख्यत : कुन जातिसँग सम्बन्धित बाजा हो ? गन्धर्व
८३८ - मध्य पश्चिम तथा सूदूर पश्चिमाञ्चलका पहाडी भेगमा बजाइने डमरु जस्तै बाजालाई के भनिन्छ ? हुड्को
८३९ - वीर गाथाले भरिपूर्ण कर्खा गीत मुख्यतया गण्डकी अञ्चलको कुन जिल्लामा प्रचलित छ ? कास्की
८४० - ब्राह्मण क्षेत्री समुदायमा प्रचलित नाच संगीनी हो भने बालून मुख्यतः कुन जातिको नाच हो ? थारु
८४१ - रोइला गीतको उत्पत्ति केन्द्र कुन जिल्लालाई मानिन्छ ? गुल्मी
८४२ - डम्फु नाच, सरस्वती नाच मुख्यतया कुन जातिको नाच हो ? तमाङ
८४३ - नेपालमा सर्वप्रथम कहिले नयाँ सडक स्थित जनसेवा हलमा पहिलो पल्ट जनताका निम्ति टिकट लगाई चलचित्र देखाउने कार्य भयो ? २००६ सालमा
८४४ - नेपाली भाषाको पहिलो कथानक चलचित्र कुन हो ? ‘सत्य हरिशचन्द्र’
८४५ - २००८ सालमा दार्जिलिङमा बस्ने केही नेपालीहरूले निर्माण गरेको नेपाली कथानक चलचित्र कुन हो ? ‘सत्य हरिशचन्द्र’
८४६ - विगतमा प्रचार विभाग (हालको सूचना विभाग)ले सर्वप्रथम आफ्नै साधन र पूँजीमा निर्माण गरेको नेपाली कथानक चलचित्र कुन हो ? ‘आमा’ (२०७०, लो.से.आ.)
८४७ - सरकारबाट तयार भएको पहिलो नेपाली चलचित्र ‘आमा’ कहिले निर्माण गरिएको थियो ? वि.सं. २०२१
८४८ - चलचित्र विकास बोर्डको गठन कहिले भएको हो ? २०५७ साल असार १६ गते
८४९ - चलचित्रको जाँच कुन मन्त्रालयले गर्दछ ? सूचना तथा सञ्चार मन्त्रालय
८५० - शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ? मनको बाँध
८५१ - नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र कुन हो ? सिन्दुर
८५२ - नेपाली चलचित्र सिन्दुरका निर्देशकको हुन् ? प्रकाश थापा
८५३ - नेपाली चलचित्रको आरम्भिक कालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदि कहाँ गरिन्थ्यो ? भारतमा
८५४ - नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र कुन हो ? प्रतिक्षा
८५५ - काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र कुन हो ? सिन्दुर
८५६ - नेपाल भाषा (नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो ? सिलु
८५७ - रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुन हो ? कुसुमे रुमाल
८५८ - रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमालका निर्देशकको हुन् ? तुलसी घिमिरे
८५९ - बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? गोपीकृष्ण
८६० - कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? भाउजू
८६१ - हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? माउते दाई
८६२ - बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र कुन हो ? प्रेमपिण्ड
८६३ - पहिलो ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डका निर्देशक को हुन् ? यादव खरेल
८६४ - पहिलो नेपाली गीति चलचित्र कुन हो ? गौथली
८६५ - आदिकवि भानभुक्तको जीवनीमा आधारित पहिलो नपोली गीति चलचित्र कनु हो ? आदिकवि भानुभक्त
८६६ - लिम्बु समुदायको रूपौली सुनौली प्रथामा आधारित भई बनाइएको चलचित्र नुमाफुङका निर्देशक को हुन् ? नवीन सुब्बा
८६७ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित चलचित्रमा मुना र मदनको भूमिको कसले निभाएका थिए ? क्रमशः दीपक त्रिपाठी र उषा पौडेल
८६८ - नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक को हुन् ? डीबी परियार
८६९ - अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र कुन हो ? गोपी कृष्ण
८७० - नेपालमै बनेको पहिलो पौराणिक चलचित्र कुन हो ? श्री स्वस्थानी
८७१ - आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रका नायक कसलार्ई मानिन्छ ? शिवशंकर मानन्धर
८७२ - आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रकी नायिका को हुन् ? भुवनचन्द
८७३ - निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो ? माइतीघर (२०७०, लो.से.आ.)
८७४ - नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार को हुन् ? शान्ति ठटाल (चलचित्र परालको आगो )
८७५ - नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् ? शान्ता नेपाली
८७६ - तामाङ भाषाको पहिलो चलचित्र कुन हो ? सेमरीछोरङान्
८७७ - नेपालमा निर्मित पहिलो रंगीन चलचित्र कुन हो ? कुमारी (२०३४)
८७८ - द्वन्द्व निर्देशन गरिएको पहिलो चलचित्र कुन हो ? जीवनरेखा
८७९ - पहिलो सिनेमास्कोप चलचित्र कुन हो ? राँको (वि.सं. २०५०)
८८० - ओस्कारको स्पर्धामा छानिने नेपालको पहिलो चलचित्र कुन हो ? क्याराभान (वि.सं.२०५७)
८८१ - नेपालको पहिलो डिचिटल चलचित्र कुन हो ? कागवेनी (वि.सं. २०६४)
८८२ - राष्ट्रिय चलचित्र दिवश कहिले मनाइन्छ ? असोज १
८८३ - चित्तधर हृदय कुन भाषाका कवि हुन् ? नेपाल भाषा
८८४ - “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ? माधव घिमिरे
८८५ - “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ? जयपृथ्वीबहादुर सिंह
८८६ - मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ? वि.सं.१९८६
८८७ - सेतो बाघका लेखक को हुन् ? डायमण्ड शमशेर
८८८ - सीतायान महाकाब्यका लेखक को हुन् ? डा.रमेशचन्द्र अधिकारी
८८९ - सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ? बनारस
८९० - नेवारी साहित्यका महाकवि को हुन् ? सिद्धिदास अमात्य
८९१ - नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ? ३
८९२ - “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ? झ्मक घिमिरे (२०७०, लो.से.आ.)
८९३ - नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ? मुनामदन
८९४ - साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? नेवारी
८९५ - नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ? हांस्य कदम्ब
८९६ - अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ? जयपृथ्वीबहादुर सिंह
८९७ - नेवार भाषाको लिपीलाई के भनिन्छ ? रञ्जना
८९८ - नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ? जे.एएटन
८९९ - जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ? प्राकृत व्याकरण
९०० - नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ? वसन्तकुमार शर्मा नेपाल
९०१ - नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ? प्रारम्भदेखि
९०२ - वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ? पृथ्वीनारायण शाह
९०३ - जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ? मुगल र राजपुत शैली (२०७३,लो.से.आ.)
९०४ - नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ? शक्ति बल्लभ अर्याल
९०५ - नेपाली साहित्यको प्राथमिककाल वीर र भक्ति धारसँग सम्बन्धित काल हो भने माध्यमिक काल मूलतः कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ? श्रृंगारिक धारा
९०६ - नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ? मोतिराम भट्ट
९०७ - वि.सं. १९७७ सालमा लेखिएको “मकैको खेति” नामको कृति कसले लेखेका हुन् ? सुब्बा कृष्णलाल अधिकारी
९०८ - राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ? मेघराज नेपाल
९०९ - लाहुरे उपनाम कुन साहित्यकारको हो ? सूर्यविक्रम ज्ञवाली
९१० - अशेष मल्लद्वारा लिखित प्रथम कृति विसंगीत, गोपाल पराजुलीद्वारा लिखित प्रथम कृति चरित्र रक्षा हो भने साहित्यकार मोहन कोइरालाले लेखेको प्रथम कृति कुन हो ? लेक
९११ - गोठाले उपनाम कुन साहित्यकारको हो ? गोविन्दबहादुर मल्ल
९१२ - खेताला फणिन्द्रराज भट्टराईको, जिताली बमबहादुर थापाको र प्रवासी हरिभक्त कटुवालको उपनाम हो भने प्रेरणा कुन साहित्यकारको उपनाम हो ? गोविन्द गिरी
९१३ - ‘सहनशीला सुशिला’ कृतिका रचनाकार को हुन् ? भीमनिधि तिवारी (२०७१, लो.से.आ.)
९१४ - अन्त स्पन्दन कोद्वारा लिखित कृति हो ? रमोला देवी शाह
९१५ - चट्याङ मास्टर कुन साहित्यकारको उपनाम हो ? कृष्ण मुरारी गौतम
९१६ - कविता चचा, सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ? कुमार बहादुर जोशी
९१७ - स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ? उत्तम कुँवर
९१८ - कालो अक्षर, पर्खदै बित्ला कि ? उखान मिलेन, भन्ने कुरा, यस्तो पनि, कागतीको सिरप कोद्वारा लिखित साहित्यिक कृति हुन् ? कमलमणि दीक्षित
९१९ - सोमाक्स सञ्जय घिमिरेको उपनाम हो भने सञ्जय थापा कसको उपनाम हो ? प्रदीप नेपाल
९२० - दुवसु क्षेत्री कुन कलाकार वा साहित्यकारको उपनाम हो ? दुर्गावहादुर सुवेदी
९२१ - कविता कुसुम, आज को सित, अमरज्योति, साँचो प्रेम, प्रतिभै प्रतिभा, बादल फाटेपछि जस्ता कृति कुन साहित्यकारद्वारा रचना गरिएका कृति हुन् ? घटराज भट्टराई
९२२ - “नासो” कथा सङ्ग्रह कुन साहित्यकारको हो ? गुरूप्रसाद मैनाली
९२३ - जनशत्री जगन्नाथ त्रिपाठीको उपनाम हो भने रामकुमार पाँडेको उपनाम के हो ? बतासे काका
९२४ - मास्टर रत्नदास प्रकाशको, असिम गोपाल पाण्डेको र रूपवासी बालकृष्ण पोखरेलको उपनाम हो भने काँचुली कुन साहित्यकारको उपनाम हो ? मञ्जु तिवारी सेतो बाघ, सत्प्रयास, अनिता,
९२५ - धनको धब्बा, प्रतिबद्ध जस्ता उपन्यास कुन साहित्यकारका हुन् ? डाइमण्ड शमशेर ज.ब.रा.
९२६ - देहायका मध्ये कुन नाटक गोपाल प्रसाद रिमालले लेखेका हुन् ? क) मसान ख) आमाको सपना ग) यो प्रेम घ) माथिका सबै
९२७ - सारंगी बोकेको समुद्र्र मोहन कोइरालाको साहित्यिक कृति हो भने सुतेको समुद्र्र कसको कृति हो ? गोविन्द गिरी
९२८ - घाउको सत्र चक्का कसले लेखेको कृति हो ? दौलतविक्रम विष्ट
९२९ - “यो प्रेम” गोपाल प्रसाद रिमालद्वारा लिखित नाटक हो भने “प्रेम” कुन साहित्यकारको कृति हो ? रूद्रराज पाण्डे
९३० - हिमचुली, रक्तिम छ, लेक, सारंगी बोकेको समुद्र्र, नदी किनारका माझी, निलो मह, ऋतु नियन्त्रण जस्ता साहित्यिक कृति कुन साहित्यकारले लेखेका कृति हुन् ? मोहन कोइराला
९३१ - जयभूँडी, काउकुती, गलवन्दी, इतिश्री, दस अवतार, राष्ट्रिय आव्हान, उपवन, छायांकन, प्रवेशिका निवन्ध, विरहीमान कसका कृति हुन् ? भैरव अर्याल
९३२ - “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ? मोतिराम भट्ट
९३३ - आवर्त, गुन केशरी, मैया साहेब, छायाँ, पाइप नं २, परिष्कार, आगत, आवन्तर आदि कुन साहित्यकारले रचना गरेका साहित्यिक कृति हुन् ? भवानी भिक्षु
९३४ - एक लाख रूपैयाँको चोरी कुन साहित्यकारको रचना गरेको साहित्यिक कृति हो ? पहलमान सिंह स्वाँर
९३५ - रामगीता कसको कृति हो ? भानुभक्त आचार्य
९३६ - साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? नेवारी
९३७ - पाँच पौरखी पुरुष, नेपाली मुहावरा, टिपनटापन, बटुलबाटुल, बुद्ध चरित्र कुन साहित्यकारका रचना हुन् ? पारसमणी प्रधान
९३८ - नेपाली साहित्यको प्रथम वियोगान्त नाटक “अटलबहादुर” कुन साहित्यकारले लेखेका हुन् ? पहलमानसिंह स्वाँर
९३९ - घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ? भूपी सेरचन
९४० - लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ? उपन्यास
९४१ - मेरी उषा, पानी गल्दैन, एउटा यस्तो फूल चाहिन्छ, केही कविता केही गीत, अपमानित आस्था, संरक्षण कसका कृति हुन् ? वासु शशी
९४२ - बैकुन्ठ एक्सप्रेस, च्याँखे, धर्ना, पुछारको पातो, कोर्रा, जीवन्त यात्रा आदि कुन साहित्यकारका रचना हुन् ? मोहनराज शर्मा
९४३ - बेलाईततिर बरालिदा तारानाथ शर्माको कृति, बेलायत यात्रा पारसमणि प्रधानको कृति हो भने जंगबहादुरको बेलाईत यात्रा कसको कृति हो ? कमलमणि दीक्षित
९४४ - गौरी (शोक काव्य) माधवप्रसाद घिमिरेको हो भने गौरी (नाटक) कुन साहित्यकारको हो ? लेखनाथ पौडेल
९४५ - “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ? अशुबर्मा
९४६ - सुनगाभा, सोधाइ र जवाफ, उकुसमुकुस, कानेखुसी, फुटेको ऐना, शान्ति सेना जस्ता साहित्यिक कृति कुन साहित्यकारका कृति हुन् ? बालकृष्ण पोखरेल
९४७ - ऋतु विचार, बुद्धि बिनोद, सत्यकली, संवाद, गीताञ्जली, गौरव (नाटक) जस्ता साहित्यिक कृति कुन साहित्यकारका कृति हुन् ? लेखनाथ पौडेल
९४८ - आज रमिता छ, विपना कतिपय, टिपेका टिप्पणीहरू, कथास्था, कठपुतलीको मन कुन साहित्यकारका रचना हुन् ? इन्द्रबहादुर राई
९४९ - लङ्गडाको साथी, मुलुकबाहिर, माइतिघर, रेम्ब्रान्ट, स्पेनको सम्झ्ना कुन साहित्यकारले रचना गरेका साहित्यिक कृति हुन् ? लैनसिंह वाङ्देल
९५० - जलेको प्रतिविम्ब, रोएको प्रतिध्वनि, आँशु, युद्ध र योद्धा, याद, आत्मकथा, जीवन गीत, जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? अगमिसिंह गिरीका
९५१ - सयपत्री, आख्यानको उद्भव, हिमाल चुली, झ्यालबाट जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? डा. इश्वर बराल
९५२ - स्वः कवि ईश्वर वल्लभ कुन साहित्य आन्दोलनका अगुवा मानिन्छ ? आयामेली
९५३ - कालो सूर्य, रातो घाम, व्यूहचक्र, पचास प्रसङ्ग कसका कृति हुन् ? भरत जंगम
९५४ - रचना केशर, व्याकरणको सवाई, हृस्व दीर्घको सवाई, सुनिती, विवाह कुन साहित्यकारले रचना गरेका साहित्यिक रचना हुन् ? गोपाल पाँडे असिम
९५५ - अनुवाद, चन्द्रिका, मध्य चन्द्रिका, साहित्य प्रदिप, आदर्श राघव कुन साहित्यकारले रचना गरेका साहित्यिक रचना हुन् ? सोमनाथ सिग्देल
९५६ - साहित्य लेखनमा नेपालीपछि दोस्रो भाषा कुन हो ? मैथिली (२०६९,लो.से.आ.)
९५७ - आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्, फूलपात र पत्कर, केही भूमिकाहरू कुन साहित्यकारले रचना गरेका सिर्जना हुन् ? इश्वर बल्लभ
९५८ - स्रष्टा र साहित्य, अनुभव र अनुभूतिहरू कुन साहित्यकारले रचना गरेका सिर्जना हुन् ? उत्तम कुँवर
९५९ - ऋतु विचार, बुद्धि बिनोद, तरूण तपसी, सत्यकली, संवाद, लक्ष्मी पूजा, लालीत्य प्रथम र द्वितीय भाग, गीताञ्जली, सत्य स्मृति जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लेखनाथ पौडेल
९६० - धनको धब्बा, अनिता, सत्प्रयास, सेतो बाघ, वसन्ती, प्रतिवद्ध कुन साहित्यकारका साहित्यिक रचना हुन् ? डायमण्ड शमशेर राणा
९६१ - फुटेको ऐना, कानेखुसी, उकुसमुकुस, सुनगाभा, शान्ति सेना, सोधाइ र जवाफ कुन साहित्यकारका साहित्यिक रचना हुन् ? बालकृष्ण पोखरेल
९६२ - रूपमती, चम्पाकाजी, प्रेम प्रायश्चित कुन साहिकारका साहित्यिक कृति हुन् ? रूद्रराज पाण्डे
९६३ - प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ? कार्ल माक्र्स (२०७२, लो.से.आ.)
९६४ - ब्रहृमपुत्रको छेउछाउ, तीनदसक, बीस अभिव्यक्ति, बसाई, अतृप्त, दोबाटो, आसाममा नेपाली भाषाको साहरो गाहरो कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लीलबहादुर क्षेत्री
९६५ - तलका साहित्यिक रचना कुन खप्तड स्वामीका होइनन् ? क) कल्पना ख) धर्म विज्ञान भाग ग) स्वास्थ्य विज्ञान घ) विचार विज्ञान
९६६ - टपरी, भोक तृप्ती, सेतो बिरालो, झ्झ्ल्को, एकादशी, प्रलय प्रतिक्षा कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? देवकुमारी थापा
९६७ - श्वेत भैरवी, मधेसतिर, पवित्रा, कर्णेलको घोडा जस्ता साहित्यिक रचना कसका हुन् ? बिपी कोइराला
९६८ - रातको आँशु, अन्तरध्वनी, पतकर, उपहार कुन साहित्यकारका सिर्जना हुन् ? श्यामदास वैष्णव
९६९ - "My Land and my people" नामक पुस्तक कसले लेखेका हुन् ? दलाई लामा (२०६८, लो.से.आ.)
९७० - कारागार, मेरो आविश्कार, जीवन थायमरू, एउटा जिउँदो जंगबहादुर कुन साहित्यकारका साहित्यिक रचना हुन् ? बानिरा गिरी
९७१ - मानव महाकाव्य मोदनाथ प्रश्रितद्वारा लिखित कृति हो भने मृत्युञ्जय महाकाव्य कुन साहित्यकारको साहित्यिक रचना हो ? भानुभक्त पोखरेल
९७२ - ख्याल–ख्याल, बाबुको बिहे, सिङ न पुच्छर, ताल बेताल कुन साहित्यकारका साहित्यिक रचना हुन् ? रामकुमार पाँडे
९७३ - मपाइँ, जदौ, कायन बाचा कुन साहित्यकारका साहित्यिक रचना हुन् ? श्याम गोतामे
९७४ - Ancient Nepal, Medium Nepal, Modern Nepal डिल्लीरमण रेग्मीले लेखेका हुन् भने Faces of – Nepal कसले लेखेका हुन् ? डा. हर्क गुरुङ
९७५ - बाह्रौं खेलाडी, हिउँको तन्ना, आख्यान, विसर्जन कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लोकेन्द्रबहादुर चन्द
९७६ - आवर्तन, उत्सर्ग प्रेम, पूर्व कथा, द्वन्द्वको अवसान, हाम्रा पूर्खाहरू कसका साहित्यिक रचना हुन् ? राजेश्वर देवकोटा
९७७ - “प्राचीन किराँत जातिको इतिहास” स्वामी प्रपन्नाचार्यको कृति हो भने हाम्रो “लोक संस्कृति” कुन साहित्यकारको कृति हो ? सत्यमोहन जोशी
९७८ - देहायको कुन रचना र रचनाकार सम्बन्धी कुरा ठीक छ ? क) अर्थशास्त्र – कौटिल्य ख) पञ्चतत्व – विष्णु शर्मा ग) अष्टाध्यायी – पाणिनी घ) उल्लिखित सबै ठीक छन्
९७९ - महाभारत, श्रीमद्भागवत गीता, अष्टादश पूराण महर्षी वेदव्यासद्वारा रचना गरिएको संस्कृत साहित्यसँग सम्बन्धित कृति हुन् भने रघुवंशम् महाकाव्य, – कुमार सम्भवम् महाकाव्य, मेघदूतम् जस्ता संस्कृत साहित्यसँग सम्बन्धित विधा कसका हुन् ? महाकवि कालिदास
९८० - समयको तस्विर कसको कृति हो ? शारदा शर्मा
९८१ - म महेश कसको कृति हो ? पूर्व उद्योग मन्त्री महेश बस्नेत
९८२ - “जीवन काँडा कि फूल” कृति साहित्यकार झ्मक घिमिरेको हो भने “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ? डा. रवीन्द्र समीर
९८३ - “नेपाल थर्काइदिने १९” दिन कसको कृति हो ? अरविन्द रिसाल
९८४ - चिसो चुल्हो का लेखक को हुन् ? वालकृष्ण सम
९८५ - गुन केशरीका लेखक को हुन् ? भवानी भिक्षु
९८६ - “सगरमाथाको नृत्यमग्न आत्मा” कसको कृति हो ? मोमिला जोशी नेपालका माइकल एन्जेलो भनेर कसलाई चिनिन्छ ? वेखाराज
९८७ - “सेटानिक भर्सेस” का लेखक सलमान रूस्दी हुन् भने “लज्जा” उपन्यासकी लेखिका को हुन् ? तसलिमा नसरिन
९८८ - In the Life of Fire नामक पुस्तकका लेखक को हुन् ? परवेज मुसर्रफ
९८९ - “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ? कृष्णप्रसाद भट्टराई
९९० - कलेज गर्ल, प्रेम र सपना, तरूनी छोरी, नाठो, एक अञ्जुली श्रद्धाञ्जली, खैरेनीघाट, कौसीको फर्सी, कलाकार, दुई ड्राइभर, दुर्दमनीय, म पिउन – अखबारको, दोसाँध कुन साहित्यकारका साहित्यिक रचना हुन् ? शंकर लामिछाने
९९१ - छिन्नलता कुन साहित्यकारको उपनाम हो ? रमोला देवी शाह
९९२ - २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरिएको हो ? राधा पौडेल (२०७२, लो.से.आ.)
९९३ - महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? त्रिभुवन प्रज्ञा पुरस्कार
९९४ - भोको घरका लेखक को हुन् ? गोविन्दबहादुर गोठाले
९९५ - साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? वि.सं. २०२६ सालदेखि
९९६ - गौरीका लेखक को हुन् ? माधव प्रसाद घिमिरे
९९७ - चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? सरुभक्त
९९८ - मानव न्यायशास्त्रका लेखक को हुन् ? जयस्थिति मल्ल
९९९ - “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ? पारिजात
१००० - सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? ओखलढुङ्गा

Comments
Post a Comment