महत्त्वपूर्ण_प्रश्नोत्तर
१. संसारका कति देशमा समलिङ्गी विवाह गर्न पाइन्छ?
२६ (अन्तिम देश अस्ट्रिया, सन् २०१९ देखि)
२. वरुणत्से हिमाल आरोहण गरेको कुकुरको नाम के हो?
मेरा (सर्वोच्च शिखर सगरमाथानजिकै रहेको हिमशृङ्खलामा पर्ने ७,१६२ मिटर अग्लो वरुणत्से हिमाल “मेरा” नाम दिईएको पोथि कुकुरले सन् २०१८ नोभेम्बर ९ मा आरोहण गरेको हो।)
३. त्रिहत्तर(७३) वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर नयाँ कीर्तिमान राखेका फुटबल खेलाडी को हुन?
इत्साक खायिक ( उनी इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर खेलेका थिए।)
४. अमेरिकाले ईरानी सैनिकलाई कहिले आतंकबादी संगठन घोषणा गर्यो?
अप्रिल ९, २०१९ (अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सेना रेभलुशनरी गार्ड कोर (आईआरजीसी)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेका छन्। अमेरिकाले अर्को देशको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको यो पहिलो पटक हो।)
५. विकिलिक्स भनेको कौ हो?
अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट।
६. सुडानमा कहिले सेनाले सत्ता कब्जा गर्यो?
अप्रिल ११, २०१९ (सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरि सेनाले सत्ता हातमा लिएको छ।)
७. कुन देशमा बैज्ञानिकले मानिसको अर्को प्रजाति ‘होमो लूजोनेसिस’ फेला पारेका छन?
फिलिपिन्स (मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ ।)
८. नेपालमा हाल बाघको सङ्ख्या कति छ?
२३५ ( चितवन राष्ट्रिय निकुञ्ज-९३, बर्दिया-८७, बाकें-२१, पर्सा-१८,शुक्लाफाँटा-१६)
९. शान्ति सेनामा सैनिक पठाउने सुचिमा नेपाल कति अौं स्थानमा छ?
छैठौं ( पहिलो- ईथियोपिया)
१०. हेवा खोला A जलबिधुत आयोजना कहाँ पर्दछ?
पाचँथर ( क्षमता-१४.९० मे.वा)
११. आर्थिक बर्ष २०७५/७६ को बजेटमा मुद्रास्फीति लक्ष्य कति छ?
६.५%
१२. शनिका पिता भनेर कुन ग्रहलाई चिनिन्छ?
अरुण
१३. नेपालमा कहिले बचत बजेटको सिद्धान्त अबलम्बन गरियो?
आ.व २०३३/३४
१४. अष्ट्रेलिया महादेशको मिल्दोजुल्दो Mirror Image भएको देश कुन हो?
चीन
१५. वडीगाड नदीको पौराणिक नाम के हो?
रुद्रगंगा
१६. डेमोटिक लिपीको सुरुवात कुन सभ्यतामा भएको हो?
ईजिप्सियन सभ्यता
१७. सबैभन्दा सानो वेद कुन हो?
सामवेद
१८. Global Citizen from Gulmi नामक पुस्तक कसले लेखेका हुन?
कुलचन्द्र गौतम
१९. ORT उपचारी विधि के संग सम्बन्धित छ?
झाडापखला
२०. ISO 13485 ले के जनाउँछ?
Medical devices

Comments
Post a Comment