नेपालको आर्थिक अवस्था सम्बन्धी प्रश्नोत्तर
१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि सुरु भएको हो ? - वि.सं. २०१३
२) नेपालमा सर्वप्रथम उद्योग परिषद्को गठन कहिले भएको हो ? - वि.सं. १९९३
३) नेपालमा लेखा परिक्षण कहिलेदेखि सुरु भएको हो ? - वि.सं. २०१८
४) नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले देखि सुरु भएको थियो ? - विसं २००८ माघ २१
५) नेपालमा सर्वप्रथम पञ्चवर्षिय योजना कहिलेदेखि लागु भएको हो ? - वि.सं. २०१३ आश्विन १
६) नेपालको अर्थ व्यवस्थाको मुख्य आधार के हो ? - कृषि
७) देशको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ? - १७.९७ %
८) नेपालको कृषि व्यवसाय खासगरी के मा निर्भर छ ? - मौसम
९) नेपालमा सबैभन्दा बढी कृषि उत्पादन कुन प्रदेशमा हुने गर्दछ ? - प्रदेश १
१०) नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो ? - झापा
११) नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि बजेट पेश गर्न थालिएको हो ? - मातृकाप्रसाद कोइराला
१२) नेपालमा स्थापना भएको पहिलो गैह्रसरकारी संस्था कुन हो ? - कामधेनु चर्खा उद्योग
१३) नेपालमा जुद्धम्याच फ्याक्ट्रीको स्थापना कहिले भएको थियो ? - वि.सं. १९९५
१४) नेपालको पहिलो उद्योग कुन हो ? - विराटनगर जुट मिल
१५) राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भएको हो ? - वि.सं. २०२२ माघ १० गते
१६) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ? - वि.सं. २०१३ बैशाख १४ गते
१७) नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ? - १९९४ कार्तिक ३०
१८) नेपालमा सर्वप्रथम कसको पालादेखि मुद्रा चलेको हो ? - मानदेवको पालादेखि
१९) नेपालको कुन संविधानमा पहिलो पल्ट महालेखा परिक्षकको व्यवस्था गरिएको थियो ? - नेपाल सरकार अन्तरिम शासन विधान
२०) प्रथम पञ्चवर्षीय योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो ? - यातायात तथा संचार
२१) दीर्घकालीन कृषि योजना (२० बर्ष) कहिलेदेखि कार्यन्वयनमा आएको हो ? - वि.सं. २०५४
२२) नेपाल प्रमुख खाद्यान्न बालीको उत्पादन स्थिति अनुसार सबैभन्दा बढी उत्पादनदेखि कम क्रम मिलाएर लेख्नुहोस ? - धान, मकै, गहुँ, कोदो, जौ, फापर

Comments
Post a Comment